एसियन थाइ फुड्सले ‘टु पिएम’ भेज र चिकेन मसला करी चाउचाउ ल्यायो बजारमा
विराटनगर । एसियन थाइ फुड्सले टु पिएम चाउचाउको दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको छ । साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्सले चाउचाउको नयाँ उत्पादन सुरु गरेको हो ।
टु पिएम चाउचाउका ब्राण्ड एम्बास्डर मास्टरशेफ सन्तोष शाहको रेसिपी अनुसार चाउचाउ तयार गरिएको एसियन थाइ फुड्सले जनाएको छ । मास्टरशेफ शाहको वर्षौको अनुभवलाई प्रयोग गरेर यो प्रामाणिक र स्वादिष्ट टु पिएम चा...































