संगालोखबर

विराटनगर । विराटनगरमा प्रहरीको ‘टु टेन’ गाडी दुर्घटना भएको छ । आज साँझ विराटनगर महानगरपालिका–१५ भट्टीमोडमा गाडी दुर्घटना हुँदा ३० जना प्रहरी घाइते भएका छन् ।

Advertisement

घाइतेमध्ये प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर र प्रहरी जवान सञ्जय ओझाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते भएका प्रहरीहरूको कोशी, न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भट्टीमोडस्थित टर्निङमा स्कुल बसलाई जोगाउन खोज्दा गाडी दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घाइते हुने अधिकांश प्रहरी जवान छन् ।

विराटनगरको रानीतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परेको ना १ ग २५५९ नम्बरको गाडी विराटनगरस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!