संगालोखबर


धनकुटा । धनकुटाको पाख्रीबासमा आयोजित लोकनृत्य प्रतियोगितामा शितलादेवी माध्यमिक विद्यालय प्रथम भएको छ । प्याब्सन धनकुटाको आयोजनामा भएको प्रतियोगितामा पाख्रीबासको शितलादेवी मावि प्रथम भएको हो ।

यस्तै सयपत्री सेकेन्डरी बोर्डिङ स्कुल पाख्रीबास द्वितीय र मदरल्याण्ड सेकेन्डरी बोर्डिङ स्कुल हिले तथा तमोर भ्याली सेकेन्डरी बोर्डिङ स्कुल धनकुटा तृतीय भए ।

Advertisement

विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि पाख्रीबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ र प्याब्सन धनकुटाका अध्यक्ष प्रेम सुब्बाले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

प्याब्सन आवद्ध विद्यालयहरूबीच लोकनृत्य प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताले विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन र सामूहिक कार्यक्षमता प्रस्तुत भएको प्याब्सन धनकुटाले जनाएको छ ।

प्रतियोगितामा धनकुटाका दीप, निलगिरी, मदरल्याण्ड, मनकामना, शितलादेवी, सयपत्री, दीपज्योति, सगरमाथा लगायत ११ वटा विद्यालयहरू सहभागि थिए ।

विद्यार्थीहरूको कला, संस्कार र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै मानसिक तथा बौद्धिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्याब्सन धनकुटाका अध्यक्ष सुब्बाले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!