ताप्लेजुङमा कार्यरत् इन्जिनियर हुसेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ताप्लेजुङमा कार्यरत् इन्जिनियर हुसेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका (अधिकृत स्तर छैटौं) इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले विषेश अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । इन्जिनियर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको आरोप छ । अख्तियारले घुस/रिसवत माग गरिरहेको भन्ने सूचना ए...
आत्महत्याका घटना सबैभन्दा धेरै कोशीमा

आत्महत्याका घटना सबैभन्दा धेरै कोशीमा

विराटनगर । देशभरिमा सबैभन्दा धेरै आत्महत्याको घटना कोशी प्रदेशमा हुने गरेको पाइएको छ । वरिष्ठ प्रहरी अधिकारीसहित सम्मिलित टोलीले हालै गरेको एक अध्ययनमा यस्तो पाइएको हो । अध्ययनअनुसार कोशी प्रदेशमा १ लाखमा ३० जनाले आत्महत्या गर्छन् । एक तथ्याङ्कअनुसार हरेक वर्ष कोशीमा आत्महत्याका १ हजार ५ सय घटना हुने गरेका छन् । आत्महत्याका घटना धेरै हुनेमध्ये दोस्रोमा बागमती प्रदेश र तेस्रोमा लुम्बिनी पर्छन् ।...
पूर्वी नाकाबाट ८५ करोडको कोदो, २१ करोडको फर्सी आयात

पूर्वी नाकाबाट ८५ करोडको कोदो, २१ करोडको फर्सी आयात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कोदोको आयात बढेको छ । नेपालमा कोदो उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको हो । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार अघिल्लो आर्थिक वर्षमा ५१ करोड ३१ लाख २० हजार मूल...
सांसद शर्माविरुद्ध पुगेन प्रमाण, अब मुद्दा नचल्ने

सांसद शर्माविरुद्ध पुगेन प्रमाण, अब मुद्दा नचल्ने

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माविरुद्ध मुद्दा नचल्ने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदन पाएपछि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने प्रक्रिया अघि बढाएको हो । सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने गरी महान्यायाधिवक्ताको कार्यालयमा फाइल पठाएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा संस्थानबाट पीसीएल ...
कोशीमा एक वर्षयता विपद्का घटनामा ७७ जनाको मृत्यु

कोशीमा एक वर्षयता विपद्का घटनामा ७७ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा विपद्का घटनामा परी ७७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २ हजार ८६९ विपद्का घटनामा ७७ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको हो । आज आयोजित कार्यक्रममा वार्षिक कार्य प्रगति प्रस्तुत गर्दै कार्यालयले विभिन्न विपद्का घटनामा परी २७७ घाइते भएका जनाएको छ । विपद्का घटनामा परेर आव २०७९/८० मा ५७ जनाको मृत्यु भएको थियो । आव २०८०/८१ मा ४ जना...
 बुवालाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको आरोपमा झापाका युवक पक्राउ

 बुवालाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको आरोपमा झापाका युवक पक्राउ

झापा । झापाको हल्दीबारी गाउँपालिकाका एक युवकमाथि आफ्नै बुवाको मृत्युमा ‘आत्महत्या दुरुत्साहन’ को आरोप लागेको छ । हल्दीबारी गाउँपालिका-२ पाराखोपीका ३० वर्षीय सुनील राजवंशीमाथि उक्त आरोप लागेको हो । प्रहरीले उनलाई पक्राउ गरेको छ । पाराखोपीका ६३ वर्षीय बासु राजवंशी गएराति आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा झुन्डिएको अवस्थामा फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ । उनको मृत्यु शङ्...
विदेशमा उच्च शिक्षाः लाखभन्दा बढी नेपालीले लिए अध्ययन अनुमति

विदेशमा उच्च शिक्षाः लाखभन्दा बढी नेपालीले लिए अध्ययन अनुमति

विराटनगर । उच्च शिक्षा अध्ययनका लागि यो वर्ष ६६ वटा देशमा एक लाख १२ हजार ५९३ विद्यार्थीले अनुमति पत्र लिएका छन् । शिक्षा मन्त्रालयका अनुसार २०८० साउन १ देखि २०८१ असार ३१ सम्ममा उच्च शिक्षा अध्ययनका लागि अनुमतिपत्र लिनेमा सबैभन्दा बढी जापानमा ३४ हजार ७३१ जना रहेका छन् । त्यसैगरी, क्यानाडामा १५ हजार ९८२, अस्ट्रेलिया १४ हजार ३७२, बेलायत १३ हजार ३३९, अमेरिका ११ हजार २६१, दक्षिण कोरिया ६ हजार ८८९ जन...
एक वर्षभित्र कोशीमा भएका गाडी दुर्घटनामा ३९७ जनाको मृत्यु

एक वर्षभित्र कोशीमा भएका गाडी दुर्घटनामा ३९७ जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशमा आर्थिक वर्ष २०८०/८१ को अवधिमा सवारी दुर्घटनामा परी ३९७ जना मानिसले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्क अनुसार ३ हजार ५६३ दुर्घटनामा ३९७ जनाको मृत्यु भएको हो । दुर्घटनाहरूमा ६ हजार ७६ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७९/८० मा भएका ३ हजार ५१० दुर्घटनामा ४१२ जनाको मृत्यु भएको थियो । यसैगरी २०८०/८१ मा २ लाख ५...
सुनसरी र मोरङमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

सुनसरी र मोरङमा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

विराटनगर । सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानमा खोलामा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का विष्णु परियारकी सात वर्षीया छोरी बिबिशा परियारको सुनसरी खोला छेउमा खेल्ने क्रममा खोलामा डुबेर आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, मोरङको सुनवर्षी नगरपालिका–७ सुकुम्बासी टोलका श्रीकुमार ऋषिदेवका ९ वर्षीय छोरा अमन ऋषिदेवको स्थानीय मरिया खोलामा पौ...
पूर्वराज्यमन्त्री रायको हत्या

पूर्वराज्यमन्त्री रायको हत्या

सर्लाही । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर १ स्थित घरमा उनको हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्या कसले किन गरेको हो भन्ने खुलिसकेको छैन । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । ८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था...
असुरक्षा बढेपछि बङ्गलादेशबाट काँकडभिट्टा हुँदै फर्किए ३४० विद्यार्थी

असुरक्षा बढेपछि बङ्गलादेशबाट काँकडभिट्टा हुँदै फर्किए ३४० विद्यार्थी

झापा । झापाको काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि उनीहरु घर फर्किएका हुन् । काँकडभिट्टास्थित अध्यागमन कार्यालयका प्रमुख मोहन पनेरुका अनुसार नेपाली विद्यार्थीसँगै बङ्गलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएकी छन् । चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशम...
६ वर्षीया बालिका बलात्कारका दोषी पक्राउ

६ वर्षीया बालिका बलात्कारका दोषी पक्राउ

खोटाङ । ६ वर्षीया बालिका बलात्कारमा दोषी ठहरिएका एक युवक पक्राउ परेका छन् । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३२ वर्षीय नवीन राई पक्राउ परेका हुन् । सर्वाेच्च अदालतले २०८० भदौ २५ गते दोषी ठहर गरी ९ वर्ष ४ महिना २३ दिन कैद सुनाएका राईलाई सुनसरीको धरानबाट पक्राउ गरिएको हो । उनलाई साउन ४ गते सुनसरी धरान उपमहानगरपालिका–११ बाट पक्राउ गरी ५ गते दिक्तेल ल्याइएको थियो । आइतबार जि...
आज साउनको पहिलो सोमवारः देशभरका शिवालयहरूमा चहलपहल

आज साउनको पहिलो सोमवारः देशभरका शिवालयहरूमा चहलपहल

विराटनगर । साउनको पहिलो सोमवार आज देशभरका शिवालयहरूको श्रद्धालु भक्तजनको चहलपहल बढेको छ । काठमाडौँस्थित पशुपतिनाथ लगायतका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको हो । साउन महिना र सोमबारको दिनलाई भगवान शिवको विशेष महिना र वार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज शिव मन्दिरहरूमा भक्तजनको भीड लागेको हो । यसै अवसरमा पूर्वका झापास्थित अर्जुनधारा, धरानको पिण्डेश्वर, खोटाङको हलेसी मह...
विराटनगरको राजश्री सहकारीको बदमासीः चुक्ता भएको ऋण तिर्न बाँकी !

विराटनगरको राजश्री सहकारीको बदमासीः चुक्ता भएको ऋण तिर्न बाँकी !

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–९ की दुखनी खातुनलाई छोरीको विवाहका लागि पैसाको आवश्यकता पर्यो । कुरा २०७५ सालको हो । उनले रङ्गेली रोडमा रहेको राजश्री सेभिङ्ग्स एण्ड क्रेडिट को–अपरेटिभ सोसाइटीबाट जग्गा धितो राखेर कर्जा लिइन् । २०७५ फागुन १७ गते दुई कठ्ठा १० धुर जग्गा धितो राखेर २ लाख ५० हजार कर्ता लिइन् । आफूले लिएको कर्जा तिरिसक्दा पनि सहकारीले अझै रकम तिर्न बाँकी छ भनेर उनीसँग रकम माग्यो ।...
प्रधानमन्त्री ओलीले संसदमा सुनाए कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति

प्रधानमन्त्री ओलीले संसदमा सुनाए कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने क्रममा उनले दुई दलबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री ओलीले सुनाएको ७ बुँदे सहमति यस्तो छ : १. आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गर...
कारमा २४३ किलो गाँजा ओसार्ने धनकुटाका युवक इटहरीमा पक्राउ

कारमा २४३ किलो गाँजा ओसार्ने धनकुटाका युवक इटहरीमा पक्राउ

सुनसरी । सुनसरीको इटहरीबाट २४३ किलो गाँजासहित धनकुटाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का ३४ वर्षीय दर्शन राई आज बिहान पक्राउ परेका हुन् । इटहरी उपमहानगर–९ स्थित साथी पेट्रोल पम्प अगाडि सवारी साधन जाँच गर्ने क्रममा उनलाई बा १५ च ७१४४ नम्बरको कारसहित प्रहरीले नियन्त्रणमा लिएको हो । कारको डिकीमा कालो प्लाष्टिकले बेरेर राखेको ९ पोका गाँजा बरामद गरिएको इलाका प...
गुरुलाई सम्मान प्रकट गरी गुरुपूर्णिमा मनाइँदै

गुरुलाई सम्मान प्रकट गरी गुरुपूर्णिमा मनाइँदै

विराटनगर । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा दे...
आयोजक माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

आयोजक माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

विराटनगर । माल्दिभ्समा जारी काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । चार टोली समिलित प्रतियोगितामा एक जितले नेपाल सेमिफाइनल प्रवेश गर्न सफल भयो । माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । नेपालले माल्दिभ्सलाई २५-१६, २५-९ र २५-...
सोलुखुम्बुको थुलुङ दुधकोशीमा पाहुना आएका भिनाजुको हत्या

सोलुखुम्बुको थुलुङ दुधकोशीमा पाहुना आएका भिनाजुको हत्या

सोलुखुम्बु । आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा सोलुखुम्बुको थुलुङ दुधकोशीका एकजना व्यक्ति पक्राउ परेका छन् । उनले आफ्नै भिनाजु थुलुङ दुधकोशी गाउँपालिका–१ नेले घर भएका ६० वर्षीय सुरेश बस्नेतलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । हत्या गरेको अभियोगमा स्थानीय ४५ वर्षीय पूर्णबहादुर बस्नेतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । पूर्ण बहादुरले आफ्नै घरमा पाहुना आएका भिनाजु सुरेशलाई खुकुरी ...
ओखलढुंगामा महिलाद्वारा विष खुवाएर दुई महिने छोराको हत्या

ओखलढुंगामा महिलाद्वारा विष खुवाएर दुई महिने छोराको हत्या

ओखलढुंगा । ओखलढुंगामा एकजना महिलाले आफ्ना दुई महिने छोराको विष खुवाएर हत्या गरेकी छन् । प्रहरीका अनुसार सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीपकुमारी राईले आफ्नै छोराको हत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीका अनुसार ती महिलाले छोरालाई विष खुवाएर हत्या गरी जंगलमा लगेर फालेको स्वीकार गरेकी छन् । बालकलाई कीराबाट बाली जोगाउन खेतबारीमा प...
बंगलादेशमा हिंसा चर्कियोः सुरक्षा खोज्दै १५८ जना नेपाली मेघालयमा

बंगलादेशमा हिंसा चर्कियोः सुरक्षा खोज्दै १५८ जना नेपाली मेघालयमा

काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा जारी हिंसात्मक प्रदर्शनबाट जोगिन नेपालीसहित भूटानी र भारतीय विद्यार्थीहरु भारतको मेघालय पुगेका छन् । ज्यान जोगाएर मेघालय पुगेका नेपाली, भूटानी र भारतीयको संख्या ३६० रहेको भारतीय समाचार संस्था पिटीआइले जनाएको छ । उनीहरु हिंसा प्रभावित बंगलादेशबाट लुकेर मेघालय पुगेका हुन् । उनीहरुले त्यहाँ पुगेर विभिन्न स्थानमा शरण लिएर बसेका छन् । यसरी त्यहाँ भेला हुनेको संख्...
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’ जारी

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेद्वारा ‘ह्वीप’ जारी

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले शनिवार पार्टीका सबै सांसदलाई एसएमएस पठाउँदै आइतबार (साउन ६ गते) बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन् । 'साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मतका लागि प्रस्ताव पेस ...
पहिरोले इलामको सूर्योदयका चार परिवार विस्थापित

पहिरोले इलामको सूर्योदयका चार परिवार विस्थापित

इलाम । इलामको सूर्योदय नगरपालिका–५ मा पर्ने समालबुङ गाउँमा पहिरोका कारण चार पपरवार विस्थापित बनेका छन् । घर क्षतिग्रस्त भएपछि उनीहरु गोठमा बसिरहेका छन् । पहिरोले घरमा क्षति पुर्याउँदा स्थानीय लालबहादुर देवान, साखबहादुर देवान, कुसुम देवान र वेदप्रसाद देवानको परिवार विस्थापित बनेको हो । पहिरोले उनीहरुको करिब ४५ रोपनी जग्गा पुरेको छ । उनीहरुले लगाएको अलैंची, चिया, अम्रिसोलगायत खेती पनि पहिरोका का...
६२ पदकसहित नेपाल बन्यो च्याम्पियन

६२ पदकसहित नेपाल बन्यो च्याम्पियन

विराटनगर । भुटानमा सम्पन्न ८औँ साउथ एसियन कराते प्रतियोगितामा ६२ वटा पदक जित्दै नेपाल प्रथम बनेको छ । ३१ स्वर्ण २० रजत र ११ कास्यसहित कूल ६२ पदकसहित नेपाली टिम प्रथम भएको हो । प्रतियोगिताको अन्तिम दिन हिजो नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरुमा पुरुष क्याडेटतर्फ –५२ किलोमा समन श्रेष्ठ, –६३ किलोमा साहिल राई, जुनियरतर्फ –६८ किलोमा निशान तामाङ्ग, त्यसैगरी यु–२१, –८४ किलोमा गौरव नेपाल, –८४ किलोमा ...
धनकुटामा बस र ट्याङ्कर जुध्दा १२ जना घाइते

धनकुटामा बस र ट्याङ्कर जुध्दा १२ जना घाइते

धनकुटा । धनकुटा नगरपालिका-१ सुकेपोखरीमा आज बस र ट्याङ्कर जुध्दा १२ जना घाइते भएका छन् । धरानबाट संखुवासभाको आँखीभुईं जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर बिहान करिब ११ः३० बजे आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी संखुवासभाको धर्मदेवी-३ की १४ वर्षीया संगिता पौडेल, धर्मदेवी-६ का ३२ वर्षीय निराजन बस्नेत, ३१ वर्षीया मेनुका पौडेल र ५४ वर्षीय वि...
पहिरोले ताप्लेजुङको तापेथोकमा क्षति, बिजुली अवरुद्ध

पहिरोले ताप्लेजुङको तापेथोकमा क्षति, बिजुली अवरुद्ध

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा गएको पहिरोले क्षति पुर्याएको छ । पहिरोले गाउँपालिकाको कार्यालय, प्रहरी चौकी लगायतमा क्षति पुर्याएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पहिरोका कारण मानवीय क्षति भने भएको छैन । पहिरो झरेपछि तमोर करिडोरको सडक अवरुद्ध बनेको छ । यसैगरी, विभिन्न स्थानमा रहेका बिजुलीका खम्बामा क्षति भएपछि विद्युत् अवरुद्ध भएको गाउँपालिका अध्यक्ष राजन ल...
धनकुटाबाट पैसा लगेर फिर्ता नदिने व्यक्ति संखुवासभामा पक्राउ

धनकुटाबाट पैसा लगेर फिर्ता नदिने व्यक्ति संखुवासभामा पक्राउ

धनकुटा । पैसा लगेर फिर्ता नदिएको अभियोगमा संखुवासभाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-४ सेकाहाका ५४ वर्षीय लक्ष्मण राई छन् । प्रहरीका अनुसार राईले धनकुटाका एक व्यक्तिबाट पैसा लिएका थिए । उनले १६ लाख ५० हजार पैसा फिर्ता गर्नुपर्ने छ । तर, फिर्ता गर्ने बेलामा पैसा नभएको बैंक खाताको चेक दिएर ‘चेक बाउन्स’ भएपछि उनीविरुद्ध बैंकिङ कसुर मुद्दामा कारबाही प्रकृय...
गाडीको ठक्करले सुनसरीमा दुईजना पैदलयात्रीको मृत्यु

गाडीको ठक्करले सुनसरीमा दुईजना पैदलयात्रीको मृत्यु

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका र कोशी गाउँपालिकामा गएराति भएका बेग्लाबेग्लै दुर्घटनामा दुईजना पैदलयात्रीको मृत्यु भएको छ । दुवैजनाको उपचारका क्रममा विराटनगरका अस्पतालमा मृत्यु भएको हो । कोशी गाउँपालिका–२ मा मधुवनबाट लौकही आउँदै गरेको प्रदेश १–०२–००४ ह १४०६ नम्बरको सिटी सफारीले ठक्कर दिंदा पैदलयात्री स्थानीय ६५ वर्षीया मालतीदेवी साहको मृत्यु भएको हो । ठक्करले गम्भीर घाइते भएकी उनको उपचा...
एसिया कपको उद्घाटन खेलमा युएईविरुद्ध खेल्दै नेपाल

एसिया कपको उद्घाटन खेलमा युएईविरुद्ध खेल्दै नेपाल

विराटनगर । महिला एसिया कप क्रिकेट आज सुरु हुँदैछ । जुलाई २८ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एसिया कपमा ८ देशले भाग लिदै छन् । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्ड एसिया कप खेल्दै छन् । नेपाल समूह ‘ए’ मा छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समूह ‘ए’ मा छ भने समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र ...
रतुवा खोलाले बगाएर झापामा युवकको मृत्यु

रतुवा खोलाले बगाएर झापामा युवकको मृत्यु

झापा । झापामा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ । दमक नगरपालिका–८ स्थित रतुवा खोलामा घुङ्गी टिप्न भनी गएका शिवसताक्षी नगरपालिका–३ का ३६ वर्षीय राजु मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट गएका उनी ढिलोसम्म नफर्किएपछि खोजी गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयको पहलमा खोजी गर्दा दिपिनी खोला र रतुवा खोलाको दोभानमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव पोष्टमार्टम...
मिस कोशीका विजेतालाई गरियो सम्मान

मिस कोशीका विजेतालाई गरियो सम्मान

विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ का विजेताहरूलाई सम्मान गरिएको छ । आज विराटनगरमा कोशी प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा ऊर्जा मन्त्री एकराज कार्कीले उनीहरूलाई सम्मान गरेका हुन् । मिस कोशी बन्न सफल इटहरीकी शुभलक्ष्मी राई, फस्ट रनरअप धरानकी निशा हाङ्मा लिम्बू, सेकेन्ड रनरअप झापाकी निलम मोक्तान तामाङ, थर्ड रनरअप जुम्लाकी कृति बस्नेत र पाँचौँ स्थान ओगट्न सफल इटहरीकी स्वस्तिका राई सम्मानित ...
error: Content is protected !!