संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिकाले केसलिया खोलामा मोटरबोटको परीक्षण गरेको छ । बाढी र डुबानका समयमा उद्धारका लागि महानगरले ९ लाख ७५ हजारमा खरिद गरेको मोटरबोटको आज परीक्षण गरिएको हो ।

Advertisement

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीलाई मोटरबोटमा राखेर नगर प्रहरीले परीक्षण गरेका थिए । वर्षाको समयमा बाढी र डुबानमा फसेका नागरिकलाई उद्धारमा सहज हुने मेयर नागेश कोइरालाले बताए । उनका अनुसार इन्जिन जडान नगरिकन पनि बोटलाई सञ्चालनमा ल्याउन सकिन्छ ।

विराटनगरको पूर्वमा सिघिया र पश्चिममा केसलिया खोला छन् । वर्षा याममा स्थानीयले हरेक वर्ष बाढी र डुबानको समस्या झेल्दै आएका छन् । महानगरसित यसअघि रबरबोट मात्रै थियो । मोटरबोट खरिद गरिएसँगै बाढी र डुबानमा फसेका महानगरवासीलाई तत्कालै उद्धार गर्न सजिलो भएको मेयर कोइराला भनाइ थियो ।

बाढीको विपदमा परेका नागरिकलाई तत्कालै उद्धार गर्न सहज होस् भनेर मोटरबोट खरिद गरिएको बताइन् । उनले महानगरले आवश्यक महसुस गरेर खरिद गरेको जानकारी दिइन् ।

नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार मोटरबोट बिक्रेता कम्पनीले नगर प्रहरीलाई सञ्चालनको सम्पूर्ण जानकारी दिनेछ । त्यसपछि नगर प्रहरीले मोटरबोट आफैं जडान गर्ने र सञ्चालन गर्ने पौडेलले जानकारी दिए । नगर प्रहरीका चारजनाले बाढी र डुबानमा परेका नागरिकको मोटरबोटबाट उद्धार गर्न विशेष तालिमसमेत लिइसकेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!