संगालोखबर


विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । फेरिएको राजनीतिक समीकरणका बीच उनले चौथोपल्ट मुलुकको प्रमुख कार्यकारीको जिम्मेवारी पाउँदैछन् ।

असार १७ गते राति भएको सात बुँदे सहमतिका साथ नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्यको मार्ग प्रशस्त भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट विश्वासको मत नपाएर पदमुक्त भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् ।

Advertisement

राष्ट्रपतिको आह्वानपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए । ओलीले कांग्रेसका ८८ र एमालेका ७८ गरी १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।

राष्ट्रपति पौडेलले सरकार निर्माणका लागि दिएको तीन दिनको समयसीमा आज अपराह्न ५ बजे सकिँदैछ । त्यसलगत्तै ओली प्रधानमन्त्रीमा नियुक्त हुनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!