संगालोखबर


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई सपथ ग्रहण गराएका हुन् । 

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए । काँग्रेस र एमालेले सरकार सञ्चालनका लागि गठबन्धन गरेपछि ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

Advertisement

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!