संगालोखबर


विराटनगर । अविरल वर्षाका जेठ २८ गतेयता देशका विभिन्न स्थानमा बाढी, पहिरो लगायतका विपद्मा परी १ सय ८ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement

यस्तै, कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना र गण्डकी प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ६ जना वेपत्ता भएका छन् ।

बाढीमा परी १ सय ८२ घर डुबानमा परेका छन् भने २ सय ३ वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । यस्तै, ५ सय १६ वटा पशु चौपायाको मृत्यु भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!