संगालोखबर


नवलपरासी । आफूले पालेको कुकुरलाई मारेको भन्दै एक युवकले आफनै बुवाको हत्या गरेका छन् । कावासोतीका निराजन कुमालले आफ्ना बुवा प्रेम कुमालको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान कावासोती नगरपालिका–५ ठकुरीचोकमा कुकुरलाई मारेको विषयमा उनीहरुबीच झगडा भएको थियो । कुकुरलाई किन हिर्काएर मारेको भन्दै ती युवकले बुवालाई ढुगा प्रहार गरेका थिए ।

Advertisement

ढुंगा प्रहारबाट ४३ वर्षीय प्रेमको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । १८ वर्षीय छोरा निराजनलाई प्रहरीले पक्राउ गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!