काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रीपरिषद् बनाएका छन् । आइतबार साँझ प्रधानमन्त्री नियुक्त भएका ओलीले आज राष्ट्रपति कार्यालय सितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् ।
कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
प्रकाशमान सिंह: उपप्रधान तथा सहरी विकास
विष्णु पौडेल: उपप्रधान तथा अर्थ
पृथ्वीसुब्बा गुरुङ: सञ्चार तथा सूचना मन्त्रालय
रमेश लेखक: गृह
शरतसिंह भण्डारी: श्रम तथा रोजगार
आरजु राणा देउवा: परराष्ट्र
नवलकिशोर साह सुडी: महिला बालबालिका
बलराम अधिकारी: भूमि व्यवस्था तथा सहकारी
दामोदर भण्डारी: उद्योग वाणिज्य तथा आपूर्ति
देवेन्द्र दाहाल: भौतिक पूर्वाधार तथा यातायात
तेजुलाल चौधरी: युवा तथा खेलकुद
प्रदीप यादव: खानेपानी
प्रदीप पौडेल: स्वास्थ्य
अजय चौरसिया: कानुन न्याय तथा संसदीय मामिला
बद्री प्रसाद पाण्डे: पर्यटन
रामनाथ अधिकारी: कृषि
विद्या भट्टराई: शिक्षा विज्ञान तथा प्रविधि
मानवीर राई: रक्षा
दीपक खड्का: जलस्रोत तथा ऊर्जा
राजकुमार गुप्ता: संघीय मामिला तथा सामान्य
ऐनबहादुर शाही ठकुरी: वन तथा वातावरण