संगालोखबर

विराटनगर । कोशी प्रदेशमा विपद्का घटनामा परी २० जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि सोमबार दिउँसोसम्म बाढी, पहिरो लगायतमा परी २० जनाको मृत्यु भएको हो । ३१ जना घाइते भएका छन् ।

Advertisement

नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार अविरल वर्षाका कारण उत्पन्न विपद्का घटनामा परी देशभर मृत्यु हुनेको सङ्ख्या १ सय ३१ पुगेको छ । बाढी, पहिरो लगायत विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २० जना, मधेशमा ५ जना, बागमतीमा १३ जना, गण्डकीमा ३८ जना, लुम्बिनीमा २३ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको तथ्याङ्क छ ।

काठमाडौँ उपत्यकामा ८ जना, कोशीमा ३१ जना, मधेशमा ९ जना, बागमतीमा ७ जना, गण्डकीमा २८ जना, लुम्बिनीमा ९ जना, कर्णालीमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी १ सय १९ जना घाइते भएका छन् ।

यस्तै कोशी प्रदेशमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशीमा २ जना, मधेशमा १ जना, बागमतीमा २ जना, गण्डकीमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ गरी ७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको छ । बाढीका कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् ।

२ सय ५ वटा घर, ७८ वटा गोठ, ४३ वटा पुल, एउटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ३९ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ६ सय ३० घर परिवार विस्थापित भएका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकाल्ने, बाटोको अवरोध हटाउने लगायत काम पनि भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!