किशोरीलाई बलात्कार गरेको आरोपमा भद्रपुरका युवक पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा भद्रपुरका युवक पक्राउ

झापा । झापाको भद्रपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का २४ वर्षीय जीवन साह छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हिजो अपराह्‍न उनलाई पक्राउ गरेको हो । साहले साहले ती किशोरीलाई अनेक प्रलोभन देखाई भद्रपुर–७ स्थित मौसम होटल एण्ड लजमा लगेर बलात्कार गरेको पाइएको प्रहरीको भनाइ छ । ...
सांसद शर्मालाई धनकुटेलीको सम्मान

सांसद शर्मालाई धनकुटेलीको सम्मान

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा सम्मानित भएका छन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माले स्वास्थ्यसहित विभिन्न क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिले उनलाई सम्मान गरेको हो । नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई र सम्पर्क समितिका निवर्तमान कोषाध्यक्ष राजेश्वरवहादुर श्रेष्ठले सांसद शर्मालाई खादा, माला ...
क्यानाडा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगेको आरोपमा झापाका युवक पक्राउ

क्यानाडा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगेको आरोपमा झापाका युवक पक्राउ

काठमाडौँ । क्यानाडा पठाइदिने भन्दै सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा झापाका एक युवक पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका–९ घर भई ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार भण्डारीले क्यान...
‘सबैलाई आयो लोकतन्त्र, हामीलाई खोई ?’

‘सबैलाई आयो लोकतन्त्र, हामीलाई खोई ?’

विराटनगर । आफ्ना माग पूरा गराउन साउन ६ गतेबाट आन्दोलित बनेका कोशी प्रदेशका वनरक्षक कर्मचारीहरूले आन्दोलनलाई थप सशक्त बनाउने निधो गरेका छन् । उद्योग, वन तथा वातावरण मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलनलाई थप सशक्त बनाउने उद्घोष गरेका हुन् । कोशीमा ५ सय १३ जनाको दरबन्दी भएपनि हाल २५८ जना वनरक्षक कार्यरत छन् । आफूहरूका माग सम्बोधनका लागि कसैले चासो नदेखाएका कारण नियमित धर्ना दिनुप...
पोखरामा स्कुल बस दुर्घटनाः आमा र छोराको मृत्यु

पोखरामा स्कुल बस दुर्घटनाः आमा र छोराको मृत्यु

पोखरा । पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती बिक र उनका ५ वर्षीय छोरा प्रिन्स बिक छन् । गम्भीर घाइते भएका उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् । पोखरा–२१ कृस्तीमा उक्त विद्यालयको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा...
पूर्व फुटबलर गम्भीर राईको निधन

पूर्व फुटबलर गम्भीर राईको निधन

झापा । झापाको भद्रपुर नगरपालिका–१० चन्द्रगढी निवासी पूर्व फुटबलर गम्भीर राईको निधन भएको छ । उनको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा गएराति निधन भएको हो । मधुमेह रोगबाट पीडित राई लामो समयदेखि औषधि सेवन गरिरहेका थिए । २०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए । उनी अन्डर–१६, अन्डर–१९ र नेपाल यूथ फुटबल टिमको सदस्य पनि थिए । न्यू रोड टिम (एन...
झापामा मोटरसाइकल दुर्घटनाः बुबाको मृत्यु, छोरा घाइते

झापामा मोटरसाइकल दुर्घटनाः बुबाको मृत्यु, छोरा घाइते

झापा । झापाको झापा गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उनका छोरा घाइते भएका छन् । झापा गाउँपालिका–३ फुलगाछी चोकमा प्रदेश १–०१–०१६–१६१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक स्थानीय ५४ वर्षीय निजामुदिन मियाँ र पछाडि बसेका उनका छोरा १९ वर्षीय सुलेमान मियाँ घाइते भएका थिए । दुवैलाई उपचारको लागि बिर्तामो...
विराटनगरमा यसरी उचालिँदैछ घर

विराटनगरमा यसरी उचालिँदैछ घर

विराटनगर । बनिसकेको घर एक ठाउँबाट अर्को ठाउँमा सार्न र उचाइ बढाउन सकिन्छ । धेरैलाई यो असम्भव र अचम्म लाग्न सक्छ । प्रविधिको प्रयोगले यो सम्भव देखिएको छ । ‘लिफ्टिङ सिफ्टिङ’ प्रविधि मार्फत जमिनबाट घरको उचाइ बढाउन सहजै सार्न सकिन्छ । छिमेकी देश भारतमा करिब दुई दशकदेखि यो प्रविधिको माध्यमबाट घरको उचाइ बढाउने र सार्ने काम हुँदै आएको छ । नेपालमा पनि केही वर्षदेखि यो प्रविधिको माध्यमबाट घरको उचाइ बढाउ...
पूर्वमन्त्री जोशीलाई भ्रष्टाचार मुद्दामा ९ महिना कैद सजाय

पूर्वमन्त्री जोशीलाई भ्रष्टाचार मुद्दामा ९ महिना कैद सजाय

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय  विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साउन १० गते गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित उनलाई बिगो र त्यही बर...
प्रधानाध्यापक र शिक्षा शाखाको मिलेमतोमा अनियमितताको आशङ्का

प्रधानाध्यापक र शिक्षा शाखाको मिलेमतोमा अनियमितताको आशङ्का

विराटनगर । विराटनगर–१३ रानीस्थित बाल माध्यमिक विद्यालयको चार कोठे भवन निर्माणमा अनियमितता भएको आरोप लागेको छ । विद्यालय व्यवस्थापन समिति तथा निर्माण समितिले आज पत्रकार सम्मेलन गर्दै भवन निर्माणमा अनियमितता भएको आरोप लगाएको हो । ४५ लाख बजेटमा निर्माण भएको भवनको प्रधानाध्यापकले ५१ लाखको बिल देखाएपछि अनियमितता भएको र सोही बिलको फरफारक नहुँदा दोस्रो चरणमा प्लास्टरका लागि आएको ६ लाख भुक्तानी महानगर...
अपर अरुण जलविद्युत् आयोजनाको काम चाँडो अघि बढाउन माग

अपर अरुण जलविद्युत् आयोजनाको काम चाँडो अघि बढाउन माग

सङ्खुवासभा । अपर अरुण जलविद्युत् आयोजना आदिवासी जनजाति सल्लाहकार परिषद्ले आयोजनाको काम शीघ्र अगाडि बढाउन आग्रह गरेको छ । परिषद्ले  काम अघि बढाइनुपर्ने सहित तीनबुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । काठमाडौँको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयमा परिषद्का अध्यक्ष लादर भोटेलगायतको टोलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको हो । सबै ...
समाजसेवीले दिए सङ्खुवासभाको बालविकास समाजलाई एक करोड

समाजसेवीले दिए सङ्खुवासभाको बालविकास समाजलाई एक करोड

सङ्खुवासभा । समाजसेवी हीरामणि र सीता घिमिरेले सङ्खुवासभाको खाँदबारीस्थित बालविकास समाजलाई एक करोड रुपैयाँ सहयोग प्रदान गरेका छन् । सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले उक्त सहयोग दिएका हुन् । कार्यक्रममा घिमिरे दम्पतीले प्रदान गरेको उक्त रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्र...
झापा र मोरङमा डुबेर दुईजनाको मृत्यु

झापा र मोरङमा डुबेर दुईजनाको मृत्यु

विराटनगर । मोरङ र झापामा डुबेर दुईजनाको मृत्यु भएको छ । झापामा एकजना बालक तथा मोरङमा एक वृद्धको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको बूढीगंगा गाउँपालिका–७ का ७० वर्षीय साजुलाल चौधरीको नुहाउने क्रममा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा डुबेर मृत्यु भएको हो ।  यसैगरी, झापाको झापा गाउँपालिकामा डुबेर एक बालकको मृत्यु भएको छ । झापा गाउँपालिका–१ सालमारा निवासी मोहम्मद दिल...
कोशी प्रदेशका केही क्षेत्रमा आज वर्षाको सम्भावना

कोशी प्रदेशका केही क्षेत्रमा आज वर्षाको सम्भावना

विराटनगर । कोशी प्रदेशका केही स्थानसहित बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज वर्षा हुने अनुमान गरिएको छ । देशभर मनसुनी वायुको प्रभाव रहँदा कतिपय क्षेत्रमा मध्यम र केही क्षेत्रमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ जनाइएको । कोशीलगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा ब...
ताप्लेजुङको खेजेनिम केन्द्रबिन्दु भएर भूकम्प

ताप्लेजुङको खेजेनिम केन्द्रबिन्दु भएर भूकम्प

विराटनगर । कोशी प्रदेशको पूर्वोत्तर जिल्ला ताप्लेजुङमा गएराति भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रबिन्दु भएर राति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा पनि महसुस गरिएको थियो । भूकम्पले कतै केही क्षति भएको जानकारी आइसकेको छैन । गत असार २६ गते बेलु...
कोशी प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने एमाले र काङ्ग्रेसबीच सहमति

कोशी प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने एमाले र काङ्ग्रेसबीच सहमति

विराटनगर । मुख्य दुई राजनीतिक दलबीच कोशी प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच आवधिक रुपमा सरकारको नेतृत्व गर्ने सहमति बनेको हो । यसअघि सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) सहभागी थियो । नयाँ गठबन्धन बनेपछि माओवादी सरकारबाट अलग्गिएको छ । माओवादी सरकारबाट बाहिरिएसँगै एमालेका हिक्मतकुमार कार्की नेतृत्वमा रहेको सरकारमा कांग्रेस सहभागी हुने भएको छ ।...
बस र विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा विराटनगरमा दीप प्रज्वलन

बस र विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा विराटनगरमा दीप प्रज्वलन

विराटनगर । बस र विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा विराटनगरमा दीप प्रज्वलन गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विराटनगर कमिटीले ट्राफिक चोकमा दीप प्रज्वलन गरेको हो । परिषद्ले त्रिशूलीमा भएको बस दुर्घटना र सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको परिषद्ले जनाएको छ । बुधबार भएको विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । गत असार १...
लचिलो मौद्रिक नीतिले व्यवसायीलाई राहत : महासङ्घ कोशी प्रदेश

लचिलो मौद्रिक नीतिले व्यवसायीलाई राहत : महासङ्घ कोशी प्रदेश

विराटनगर । उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्रको शिथिलता चिर्ने प्रतिक्रिया दिएको छ । चालु पुँजी कर्जा मार्गदर्शनको अवधि थपले व्यवसायीलाई केही सहज भए पनि उद्योगको वर्गीकरण र बिक्रीको अनुपातमा चालु पुँजी कर्जाको सीमा नहेरिएको महासङ्घको भनाइ छ । संघका अध्यक्ष राजेन्द्र राउतले मौद्रिक नीति लचिलो आएका कारण व्यवसायीले राहत महसुस गरेको बताए । संस्थागत सेय...
धनकुटाको मालबाँसेमा सडकमै पल्टियो गाडी

धनकुटाको मालबाँसेमा सडकमै पल्टियो गाडी

धनकुटा । कोशी राजमार्गको साँगुरीगढीमा पर्ने सडक खण्डमा आज अपराह्न सुमो गाडी दुर्घटना भएको छ । धरानबाट भोजपुरका लागि गइरहेको गाडी साँगुरीगढी गाउँपालिका–६ मा पर्ने मालबाँसेमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेहरुमा भोजपुरको अरुण गाउँपालिका–४ का १५ वर्षीय राजकुमार तिरुवा विक, धरान उपमहानगर–१५ का ५६ वर्षीय वीरबहादुर विक, धरान–५ का ५१ वर्षीय सरमान बिक र भारतीय नागरिक ३० वर्षीय सञ्जय साह छन...
कोशी सरकारबाट बाहिरियो माओवादी, मन्त्रीहरूले बुझाए राजीनामा

कोशी सरकारबाट बाहिरियो माओवादी, मन्त्रीहरूले बुझाए राजीनामा

विराटनगर । नेकपा (माओवादी केन्द्र) बाट कोशी प्रदेश सरकारमा सहभागी भएका तीनजना मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई उनीहरूले राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेमा भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेती, स्वास्थ्यमन्त्री राजेन्द्रकुमार कार्की, पर्यटन, वन तथा वातावरणमन्त्री नारायणबहादुर मगर र पर्य...
भेडेटारमा बन्यो ‘स्काइवाक टावर’

भेडेटारमा बन्यो ‘स्काइवाक टावर’

धनकुटा । धनकुटा र सुनसरीको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा निर्माण गरिएको ‘स्काइवाक टावर’ उद्‌घाटन गरिएको छ । आज आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले उद्‌घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि कार्की, धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, धरान उपमहानगरका मेयर हर्क साङ्पाङले सामूहिक रुपमा रिवन काटेर स्काइवाकको उद्‌घ...
रोजगारीका लागि विदेश गएका १ हजार ३४६ नेपालीको मृत्यु

रोजगारीका लागि विदेश गएका १ हजार ३४६ नेपालीको मृत्यु

काठमाडौँ । एक वर्षको अवधिमा विदेशमा रहेका १ हजार ३४६ जना नेपालीको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/८१ मा त्यति सङ्ख्यामा नेपालीको मृत्यु भएको हो । एक तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा गएकाहरूको दैनिक औसतमा चारवटा शव नेपाल आउने गरेको छ । यो सङ्ख्या उक्त अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थि...
महालक्ष्मी आगलागीः करोडभन्दा बढीको क्षति

महालक्ष्मी आगलागीः करोडभन्दा बढीको क्षति

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित शिवरात्रिमा भएको आगलागीमा १ करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ । हिजो अपराह्‍न भएको आगलागीबाट स्थानीयका तीनवटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । घरसहित धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय यज्ञबहादुर खड्का, श्रीचन्द्र बुढाथोकी र सूर्यबहादुर श्रेष्ठको घर जलेर नष्ट भएका छन् । यज्ञबहादुरको किराना पसल, सुनलगायत धनमाल चल्...
रहेनन् ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीतका धनकुटेली सर्जक

रहेनन् ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीतका धनकुटेली सर्जक

विराटनगर । प्रसिद्ध लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद) को ८८ वर्षको उमेरमा निधन भएको छ । वि.सं. १९९३ मा धनकुटा–६ मा जन्मिएका जोशी पछिल्लो समय झापाको दमकस्थित घरमा बस्दै आएका थिए । साँझ अकस्मात् स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएपछि चिकित्सकले जाँच गरी उनको निधन भइसकेको जानकारी दिएका थिए । सानै उमेरदेखि गीतसङ्गीतमा लागेका उनको नेपाली संस्कृति संरक्ष...
सोलुखुम्बुकी लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

सोलुखुम्बुकी लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौँ । नेपालको प्रशासनिक इतिहासमा पहिलोपटक सरकारको मुख्यसचिव महिला बनेकी छन् । सोलुखुम्बुकी लीलादेवी गड्तौलाले यो जिम्मेवारी पाएकी हुन् । मन्त्रिपरिषद्ले कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को आज बसेको बैठकले उनलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको हो । उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवा...
उदयपुर र झापामा करेन्ट लागेर दुईजनाको मृत्यु

उदयपुर र झापामा करेन्ट लागेर दुईजनाको मृत्यु

विराटनगर । उदयपुर र झापामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ ओदाले भन्ने ठाउँका २६ वर्षीय राजीवकुमार मगरको करेन्ट लागेर हिजो साँझ मृत्यु भएको हो । स्थानीय घिजहरी खोलाबाट आफ्नो खेतमा पानी लगाउने क्रममा विद्युतीय मोटरको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, झापाको मेचीनगर नगरपालिका–१२ धिमाल टोल माझगाउँ बस्ने पाँचथर फिदिम नगरपालि...
सुनसरीका म्यानपावर व्यवसायी विराटनगरको होटलमा मृत भेटिए

सुनसरीका म्यानपावर व्यवसायी विराटनगरको होटलमा मृत भेटिए

विराटनगर । विराटनगरस्थित एक होटलमा सुनसरीका म्यानपावर व्यवसायी आज बिहान मृत अवस्थामा भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका–६ का २८ वर्षीय राजीव फुयाँल विराटनगर–११ स्थित होटलमा मृत भेटिएका हुन् । प्रहरीका अनुसार होटलको १०८ नम्बर कोठामा झुण्डिएको अवस्थामा उनी फेला परेका छन् । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । अनुसन्धान जारी रहेको भन्दै प्रहरीले घटनाबारे विस्तृत जानकारी पछि सा...
सन् १९५५ यता नेपालमा ६९ हवाई दुर्घटनाः ९१८ जनाले गुमाए ज्यान

सन् १९५५ यता नेपालमा ६९ हवाई दुर्घटनाः ९१८ जनाले गुमाए ज्यान

काठमाडौ । नेपालमा हालसम्म भएका हवाई दुर्घटनामा ९१८ जनाको मृत्यु भएको छ । विश्वभर हुने हवाई दुर्घटनाको अभिलेख राख्ने संस्था ब्युरो अफ एयरक्राफ्ट एक्सिडेन्ट अर्काइभ (बीबीएए) का अनुसार नेपालमा हवाइ यातायात सुरु भएयता ६९ वटा दुर्घटना भएका छन् । उक्त संस्थाका अनुसार नेपालमा पहिलो पटक मानवीय क्षति हुने गरी सन् १९५५ मा कालिङ्गा एयरलाइन्सको विमान बाराको सिमरामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई ...
विराटनगर भन्सारले उठाउन सकेन लक्ष्यअनुसार राजश्व, ५९.७३ प्रतिशत मात्रै

विराटनगर भन्सारले उठाउन सकेन लक्ष्यअनुसार राजश्व, ५९.७३ प्रतिशत मात्रै

विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ । ५० अर्ब ८१ करोड राजश्व सङ्कलनको लक्ष्य राखेको भएपनि ३० अर्ब ३५ करोड १५ लाख रुपैयाँ अर्थात ५९.७३ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । साउन महिनामा २ अर्ब ८५ करोड २९ लाख अर्थात ८१.५७ प्रतिशत राजश्व सङ्कलन गरेको विराटनगर भन्सारले भदौमा २ अर्ब ५३ करोड १९ लाख अर्थात ५६.८१ प्रतिशत राजश्व सङ्कलन गरेको ...
विमान दुर्घटनामा नाबालकसहित परिवारका तीनजनाले गुमाए ज्यान

विमान दुर्घटनामा नाबालकसहित परिवारका तीनजनाले गुमाए ज्यान

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । एयरलाइन्सका प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको मृत्यु भएको हो ।  मनुराज एयरलाइन्सकै कर्मचारी रहेको एवं उनकी श्रीमती प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत् रहेको जनाइएको छ । काठमाडौँबाट पोखराका लागि उडेको जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएक...
सौर्यको जहाज दुर्घटनाः को-पाइलटसहित विराटनगरका तीनजनाको मृत्यु

सौर्यको जहाज दुर्घटनाः को-पाइलटसहित विराटनगरका तीनजनाको मृत्यु

विराटनगर । काठमाडौँस्थित त्रिभुवन विमानस्थल नजिक आज भएको सौर्य एयरको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये तीनजना विराटनगरका पनि परेका छन् । पोखराका लागि उडेको सौर्य एयरको ९एन–एएमई सिआरजे–२०० जहाज उड्नासाथ दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरका हुन् ।  सौर्य एयरलाइन्सको विराटनगरस्थित स्...
error: Content is protected !!