संगालोखबर


खोटाङ । ६ वर्षीया बालिका बलात्कारमा दोषी ठहरिएका एक युवक पक्राउ परेका छन् । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३२ वर्षीय नवीन राई पक्राउ परेका हुन् ।

सर्वाेच्च अदालतले २०८० भदौ २५ गते दोषी ठहर गरी ९ वर्ष ४ महिना २३ दिन कैद सुनाएका राईलाई सुनसरीको धरानबाट पक्राउ गरिएको हो । उनलाई साउन ४ गते सुनसरी धरान उपमहानगरपालिका–११ बाट पक्राउ गरी ५ गते दिक्तेल ल्याइएको थियो ।

Advertisement

आइतबार जिल्ला अदालत खोटाङमा पेस गरी कैद भुक्तानका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!