संगालोखबर

सुनसरी । सुनसरीको इटहरीबाट २४३ किलो गाँजासहित धनकुटाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का ३४ वर्षीय दर्शन राई आज बिहान पक्राउ परेका हुन् ।

Advertisement

इटहरी उपमहानगर–९ स्थित साथी पेट्रोल पम्प अगाडि सवारी साधन जाँच गर्ने क्रममा उनलाई बा १५ च ७१४४ नम्बरको कारसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

कारको डिकीमा कालो प्लाष्टिकले बेरेर राखेको ९ पोका गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । राईको साथबाट ५० हजार ८५० रुपैयाँ र दुई थान फोन पनि बरामद गरिएको प्रहरीको भनाइ छ ।

जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!