विराटनगरको गुरुकुलमा ‘स्कूल’ र ‘हेत्छाकुप्पा’ मञ्चन
विराटनगर । विराटनगरमा जारी नाटक महोत्सवको तेस्रो दिन सोमबार दुईवटा मञ्चन भएका छन् । हाटखोलास्थित गुरुकुलमा ‘ह्वी क्यान’ ले ‘स्कूल’ मञ्चन गरेको हो भने पिस नेपालले ‘हेत्छाकुप्पा’ मञ्चन गरेको हो ।
‘स्कूल’ले कलात्मक रुपमा सकारात्मक व्यंग्यसहित वर्तमान नेपालको शिक्षा प्रणाली देखाएको थियो । नवराज पराजुलीद्वारा लिखित तथा विकास बुढाथोकीद्वारा निर्देशित उक्त नाटकमा स्मृति चाम्लिङ राई, सदिक्षा पोखरेल, ओम...






























