संगालोखबर


विराटनगर । कोशी प्रदेशमा आइतबारदेखि चलचित्र महोत्सव सुरु भएको छ । प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव सञ्चालन भएको हो । महोत्सवको आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे ।

महोत्सव जेठ ११ गतेसम्म विराटनगर र झापामा सञ्चालन हुने आयोजक प्रदेशको आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको छ । कोशी प्रदेशका झापा, इलाम, पाँचथरलगायत विभिन्न जिल्लाहरुमा रहेका प्राकृतिक रमणीयस्थलहरुमा विगतदेखि नै चलचित्र छायांकन हुँदै आएका छन् ।

Advertisement

विभिन्न भाषा र जातिगत क्षेत्रीय चलचित्रहरु पनि कोशी प्रदेशमा छायांकन तथा निर्माण हुने गरेका छन् । कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका कतिपय केन्द्रीय स्तरका चलचित्रका केही भाग, गीत संगीतका दृश्यलगायत कथाले मागेअनुरुपका जातीय, भाषीय क्षेत्रका आधारमा समेत छायांकन हुने गरेको छ ।

यस्तो अवस्था भए पनि चलचित्र क्षेत्रसँग सम्बन्धित अन्य गतिविधिहरु शून्यजस्तै रहेकाले प्रदेशमा पहिलोपटक चलचित्र महोत्सवको आयोजना गरिएको नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङले बताएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!