- संगालोखबर सम्वाददाता

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन-४ को उपाधि करण राईले जितेका छन् । शुक्रबार राती भएको ग्राण्ड फिनालेमा राईलाई बिजेता घोषित गरिएको हो ।

Advertisement

उनले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप र टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने ।

दर्शकको भोटका आधारमा विजेता घोषित गरिएको जनाइएको छ । विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री र ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार पाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!