संगालोखबर


विराटनगर । विराटनगरमा जारी नाटक महोत्सवको चौथो दिन मंगलवार ‘सुरुङ’ नाटक मञ्चन गरिएको छ । हाटखोलास्थित आरोहण गुरुकुलको नाटक घरमा गौरादह जेसीज तथा झोराहाट नाट्य समूहले भरत ‘बर्बरिक’ द्वारा निर्देशित नाटक ‘सुरुङ’ मञ्चन गरिएको हो ।

लागु औषधको डरलाग्दो सुरुङभित्र युवा तन्नेरीहरुको प्रवेशले निम्त्याउने अनेकन दुष्परिणामलाई नाटकमा देखाइएको थियो । सौरभ भट्टराईद्वारा लिखित उक्त नाटकमा लीला खत्री, अभिषेक गड्तौला, पुजन खरेल, पदम दाहाल, निर्मला रिमाल लगायतको अभिनय थियो ।

Advertisement

नाटक महोत्सवको अन्तिम दिन बुधवार दिउँसो ३ बजे कलालय इटहरीले ‘शत्रु’ नामको नाटक मञ्चन गर्ने महोत्सव निर्देशक तथा आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुदान सहयोग तथा विराटनगर महानगरपालिकाको सहयोगमा भएको महोत्सवमा कोशी प्रदेशका कुल ६ वटा नाटक मञ्चन हुँदैछन् ।

महोत्सवको पहिलो दिन आयोजकले ‘चौथो अध्याय’ मञ्चन गरेको थियो भने दोस्रो दिन कदम थिएटर दमकले ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ मञ्चन गरेको थियो । तेस्रो दिन सोमवार ह्वी क्यानले ‘स्कूल’ र पिस नेपालले ‘हेत्छाकुप्पा’ मञ्चन गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!