- संगालोखबर सम्बाददाता

विराटनगर । सरोज चौधरी र पुजा माझी नोबेल मिस्टर एण्ड मिस थारु आइकन बनेका छन् । विराटनगरमा भएको ग्राण्ड फिनालेमा प्रतिष्प्रधिहरुलाई उछिन्दै सरोज मिस्टर थारु आइकन र पुजा मिस थारु आइकन घोषित भएका हुन् ।

Advertisement

थारु आइकनको उपाधि जितेसँगै सरोज र पुजाले जनही ५० हजार नगद पुरस्कार पाएका छन् । यता, साहिल विश्वास र सुजता चौधरी फस्ट रनरअप घोषित भए । विप्लव चौधरी र सन्ध्या सरदार सेकेण्ड रनरअप बनेका छन् । फस्ट रनरअप साहिल र सुजताले जनही ३० हजार र सेकेण्ड रनरअप विप्लव र सन्ध्याले जनही २० हजार नगद पुरस्कार पाएका छन् ।

उनीहरुलाई कांग्रेस नेता विजयकुमार गच्छदार, कांग्रेस नेता एवं नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्मा, माओवादी नेता अमनलाल मोदी, एमाले नेता विनोद ढकाल, थारु कल्याणकारिनी सभाका उपाध्यक्ष कनुलाल चौधरी लगायतले पुरस्कार प्रदान गरेका छन् ।

नोबेल मिस्टर एण्ड मिस थारु आइकनको यो तेस्रो सिजन हो । प्रतियोगितालाई विराटनगरस्थित नोबेल मेडिकल कलेजले टाइटल स्पोन्सर गरेको हो । नोबेल अस्पताल सञ्चालक डा.शर्माले यसअघिका दुई वटा सिजनलाई पनि अस्पतालमार्फत प्रायोजन गराइदिएका थिए ।

यो पनि हेर्नुहोस्…

चुनावमा थारु समुदायले डा.सुनिल शर्मालाई सघाउँछन्: सांसद मोदी

 

थारु समुदायका लागि सधै सहयोग गर्छु: डा.शर्मा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!