संगालोखबर


काठमाडौं । बर्दियाका करण परियारले नेपाल आइडल सिजन-५ को उपाधि जितेका छन् । काठमाडौंमा शनिवार राती सम्पन्न ग्रान्ड फिनालेमा पोखराकी सलोमी गुरुङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई उछिन्दै करणले उपाधि जितेका हुन् ।

उपाधिसँगै करणले नगद २५ लाख र ट्रफी पाएका छन् । फस्ट रनरअप सलोमीले १० लाख र सेकेन्ड रनरअप सचिनले ५ लाख नगद पुरस्कार पाएका छन् । एपीवान टेलिभिजनले फागुन २४ देखि गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण सञ्चालन गरेको हो ।

Advertisement

बिर्तामोड, बर्दिबास, हेटौंडा, अत्तरिया, वीरेन्द्रनगर, घोराही, पोखरा, काठमाडौँसहित डिजिटल माध्यमबाट समेत भएको अडिसनमा १ सय ५२ जना प्रतिस्पर्धी छानिएका थिए । न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायकको भूमिकामा थिए ।

यसअघि बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगरले नेपाल आइडलको उपाधि जितेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!