संगालोखबर
फाइल तस्बिर

विराटनगर । ‘विराटनगर विद्यालय नाटक महोत्सव’ को चौथो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव आयोजना गर्ने भएको हो । आरोहणले महोत्सवमा विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ । विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्ने जनाइएको छ ।

आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध लिङ्क  प्रयोग गर्न सकिने आयोजकको भनाइ छ । आवेदन दिएका मध्ये नौवटा विद्यालय छनोट हुनेछन् । विद्यालयलाई गुरुकुलले नै निःशुल्क प्रशिक्षण र प्राविधिक सहयोग दिएर हाटखोलास्थित गुरुकुलका नाटकघरमा हुने महोत्सवमा नाटक मञ्चनको अवसर दिनेछ ।

Advertisement

पाठ्यक्रममा भएको वा शिक्षक तथा विद्यार्थीले लेखेको एक घण्टा अवधि हाराहारीको नाटक विद्यार्थीले नै अभिनय गरी मञ्चन गर्नुपर्ने हुन्छ । नौ विद्यालय र आयोजकको एउटासमेत गरी १० नाटक मञ्चन हुने यो महोत्सव विद्यार्थीलाई रंगमञ्चसँग जोड्ने उत्सव भएको आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

विद्यालयले आवेदन दिएपछि त्यसपछिको सम्पूर्ण प्रक्रियामा गुरुकुलले सहयोग गर्ने उनले बताए । विगतका तीन संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको नाटक महोत्सवमा अवार्डको पनि व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले बताए । नौ विद्यालय मध्येबाट उत्कृष्ट नाटक, नाटककार, निर्देशक, अभिनेता र अभिनेत्रीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!