रबिन कटेल

काठमाडौं । विराटनगरका समर्पण कार्की ‘मिस्टर नेपाल’ बनेका छन् । काठमाडौंमा शनिवार राती सम्पन्न प्रतियोगिताको उपाधि जित्दै ३२ वर्षीय कार्की मिस्टर नेपाल-२०२३ बनेका हुन् । समर्पण पेशाले पाइलट हुन् ।

Advertisement

नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई उछिन्दै मिस्टर नेपालको उपाधि जितेका उनलाई मिस्टर नेपाल नुतन श्रेष्ठले ताज लगाइदिए । उनले मिस्टर इन्टल्लेक्चुअलको उपाधि पनि हात पारेका छन् । विजेता कार्कीले नगद ५ लाख बराबरको उपहार पाएका छन् । अब उनले ‘मिस्टर वल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

प्रतियोगितामा काठमाडौंका निमेश कपाली फस्ट रनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा.विजय दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भएका छन् । मोस्ट पपुलर रमननाथ गिरी, मिस्टर एक्टिभ र बेस्ट फिजिक प्रेम कुमार यादव, वेस्ट स्किन मिकाज कार्की, बेस्ट हेयर राजीव तिवारी र न्युलुक म्यान च्वाइस लोकेश प्रधानाङ्गा बने ।

प्रतियोगितामा अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा.आयुष्मान घिमिरे, विश्वकिरण जैन, लु लिन, मनिषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारीलगायत निर्णायकको भूमिकामा थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement