शाहरुख खान फेरि टेलिभिजन कार्यक्रममा फर्किँदै
बलिउड सुपरस्टार शाहरुख खान फेरि एकपटक सानो पर्दामा देखिने भएका छन् । उनी कुनै शोमा आफ्नो फिल्मको प्रमोसनका लागि आउन लागेका होइनन्, बल्कि आफ्नै शो लिएर आउनेछन् ।
शाहरुखले ‘टेड टक्स-नई सोच’ नामको कार्यक्रम लिएर टेलिभिजनमा आउन लागेका हुन् । यस कार्यक्रम कहिलेबाट सुरु हुनेछ भनेर खुलासा गरिएको छैन । पहिलो एपिसोडको विषय पनि गोप्य राखिएको छ । यति मात्रै जानकारी प्राप्त भएको छ कि यस शोको पहिलो एपिसोडमा...
