संगालोखबर सम्वाददाता

काठमाडौं । इलामका बिनोद राईले भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि जितेका छन् । कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्ने राईले ललितपुरको गोदावरीमा शुक्रबार राती भएको ग्राण्ड फिनालेमा उपाधि जितेका हुन् ।

Advertisement

चार फाइनलिस्टबीच भएको कडा प्रतिस्पर्धामा दर्शकको सर्वाधिक भोटका आधारमा बिनोदले उपाधि जितेका हुन् । उपाधिसँगै बिनोदले २० लाख नगद पुरस्कार पाएका छन् ।

मकरबहादुर योन्जन फस्ट रनरअप बने । कुमार प्रयास राई सेकेण्ड रनरअप भए भने नोगेन लिम्बु थर्ड रनरअप बनेका छन् ।

फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!