Avatar photoRabin Katel

धनकुटा । धनकुटाको पाख्रीवासमा गायिका ज्योति मगर आउने भएकी छन् । दीपावली, छठ लगायत चाडपर्वको अवसरमा आगामी शुक्रबार साँझ पाख्रीवासमा हुन लागेको सांस्कृतिक कार्यक्रममा गायिका मगर आउन लागेकी हुन् ।

Advertisement

पाख्रीवास ३ स्थित चेतना युथ क्लबले सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा गायिका मगरसँगै गायक नन्द राईले पनि साङ्गीतिक प्रस्तुती दिने आयोजक संस्थाका सचिव रमेश बस्नेतले जानकारी दिए ।

सांस्कृतिक कार्यक्रमसँगै हाउजी बिंगो खेल पनि आयोजना गरिएको छ । तीन सय रुपैयाँ प्रतिगोटा बिक्री गरिएको हाउजीको टिकटबाट विजेताले डेढ तोला सुन पुरस्कार पाउने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement