संगालोखबर

विराटनगर । विराटनगरमा जारी नाटक महोत्सवको दोस्रो दिन आइतबार ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन भएको छ । इन्द्रबहादुर राई लिखित कथालाई नाट्य रुपान्तरण र निर्देशन जीवन बरालले गर्दै कदम थिएटर दमकले उक्त नाटक प्रस्तुत गरेको हो ।

Advertisement

नाटकले दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि नेपालीहरु ज्यान जोगाउन आसामको लिखापानीतिर भाग्दाको यात्राको कथा देखाएको थियो । नाटकमा नविन रिजाल, रश्मी उप्रेती, परुमा राई, नविन भण्डारी, रोशन मुर्मु लगायतको अभिनय थियो ।

हाटखोलास्थित गुरुकुलमा असार ५ गतेसम्म चल्ने नाटक महोत्सवको तेस्रो दिन सोमबार दुईवटा नाटक मञ्चन हुनेछन् । दिउँसो १ बजे ह्वी क्यान संस्थाले ‘स्कूल’ मञ्चन गर्दा दिउँसो ३ बजे पिस नेपालले ‘हेत्छाकुप्पा’ मञ्चन गर्नेछ ।

असार ४ गते दिउँसो ३ बजे गौरादह जेसीज तथा झोराहाट नाट्य समूहले ‘सुरुङ’ मञ्चन गर्ने छ भने अन्तिम दिन दिउँसो ३ बजे कलालय इटहरीले ‘शत्रु’ नामको नाटक मञ्चन गर्ने जनाइएको छ । महोत्सवको पहिलो दिन आयोजकले चौथो अध्याय मञ्चन गरेको थियो ।

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुदान सहयोग तथा विराटनगर महानगरपालिकाको सहयोगमा भएको महोत्सवमा कोशी प्रदेशका कुल ६ वटा नाटक मञ्चन गरिने आयोजक गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!