संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको भेडेटारमा जारी भेडेटार फुड फेस्टिभलमा आज साँझ गायिका एलिना चौहान आउँने भएकी छन् । फेस्टिभलमा सांगीतिक प्रस्तुतिका लागि गायिका चौहान आउँन लागेकी हुन् ।

Advertisement

उनी भेडेटार आइसकेकी छन् । फेस्टिभलमा सांगीतिक प्रस्तुतिका लागि साँझ ८ बजेपछि उनी स्टेज उत्रने आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । ‘उहाँ भेडेटार आइसक्नु भएको छ, राती ८ बजेपछि उहाँको प्रस्तुति राखिएको छ,’ लिम्बूले भने ।

एलिना स्टेज उत्रनु अघि गायक नन्दु राईको प्रस्तुती राखिएको छ । फेस्टिभलमा गरिमा डान्स सेन्टर धरानका कलाकारहरुसहित स्थानीय कलाकारहरूले पनि प्रस्तुति राखिरहेका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर होटल एशोसिएसन भेडेटारले तीन दिने फुड फेस्टिभल अर्थात खाना महोत्सव आयोजना गरेको हो । हिजो सुरु भएको फेस्टिभल भोलि सकिदैछ ।

फेस्टिभलका लागि हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू भेडेटार आएका छन् । नयाँ वर्ष मनाउँन भारतीय पर्यटकहरू ठूलो सङ्ख्यामा आएका छन् । फेस्टिभलमा आउँने मध्ये ८० प्रतिशत भारतीय नागरिक रहेको आयोजकले जनाएको छ ।

भेडेटारसहित आसपास क्षेत्रमा करिब २ सय होटल छन् । हिजो देखिनै प्रायः सबै होटल भरिभराउ रहेको होटल व्यवसायीहरू बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!