‘सुशासनका लागि मुख्य दल मिलेका हौं’

‘सुशासनका लागि मुख्य दल मिलेका हौं’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव राख्दै सुशासनका लागि सही मनसाय आवश्यक पर्ने बताएका छन् । उनले प्रतिनिधिसभामा सम्बोधनका क्रममा दुईदलबीच भएको सहमति पनि सार्वजनिक गरे । मुलुकका मुख्य दुई दलहरु मिलेर सरकार बनाउनुको अर्थ मुलुकमा शान्ति, सुव्यवस्था कायम राख्दै आर्थिक समृद्धि हासिल गर्ने गम्भीर प्रयास भएको उनले बताए । यसका लागि सबै दललाई सहयोग गर्न पनि उ...
हाम्रो विकास-समृद्धिको बाधक को हो ?

हाम्रो विकास-समृद्धिको बाधक को हो ?

इलाम । प्रतिनिधिसभाका युवा सांसद सुहाङ नेम्बाङ संसदको बैठक नभएको मौकामा आफ्नो क्षेत्र इलाम–२ को भ्रमणमा छन् । आफ्नो क्षेत्रमा भएका विकास निर्माणका काम अवलोकन गर्नुका साथै स्थानीय बासिन्दासँग छलफलमा पनि उनी सक्रिय भएका छन् । यसै क्रममा उनले आफ्नो क्षेत्र घुम्दा गरेको अनुभव पनि सार्वजनिक गरिरहेका छन् । विकास, निर्माणको काम सोचेजस्तो हुन नसकेको ठानेका उनले आज सामाजिक सञ्जालमार्फत्...
स्वस्थ नागरिक उत्पादन गर्नु सबै तहका सरकारहरूको दायित्व

स्वस्थ नागरिक उत्पादन गर्नु सबै तहका सरकारहरूको दायित्व

आधारभूत स्वास्थ्य निःशुल्क हुने कुरा संविधानमै मौलिक अधिकारको रुपमा राखिएको छ । स्वास्थ्य अधिकार भनेको सबै मानिसहरुलाई स्वास्थ्यसम्बन्धी सेवाहरूको पहुँच र प्रयोग गर्ने अधिकार हो । यसमा स्वस्थ जीवन जिउनका लागि आवश्यक सेवा, सफा पानी, पोषण, स्वास्थ्य शिक्षा, रोगप्रतिरोधक खोपहरू, उपचार, र पुनःस्थापना सेवालगायतका सम्पूर्ण पक्षहरु समावेश हुन्छन् । संविधानमा मौलिक हक स्वास्थ्यसम्बन्धी हक नेपालको संवि...
पेशा ‘स्वतन्त्र’, संगठन दलगत !

पेशा ‘स्वतन्त्र’, संगठन दलगत !

एक्कासी दिमागमा निरन्तर एउटा कुरा खेलिरह्यो । पानीबिना माछा छटपटाए जस्तो, त्यो कुराले मेरो दिमाग पनि खलबलाइदियो । हुन त अरुका लागि त्यति ठूलो विषय नहोला, नबन्ला पनि । तर मेरो भने यो विषयले निरन्तर ध्यान खिचिरह्यो । पत्रकारितालाई राज्यको चौथो अंगका रूपमा लिइन्छ । तर पछिल्लो समय पत्रकारलाई आम नागरिकले अनेक उपनाम दिने गरेका छन् । विगतमा पत्रकारिता र पत्रकारलाई नागरिकले जुन रूपमा हेर्थे, अचेल त्यसव...
धनकुटा एमाले अधिवेशन: शीर्ष नेताको जुँगाको लडाइँ

धनकुटा एमाले अधिवेशन: शीर्ष नेताको जुँगाको लडाइँ

नेकपा एमाले धनकुटा जिल्ला कमिटीको ८ औं अधिवेशन रोचक ढङ्गले समापन भयो । रोचक यस अर्थमा थियो कि, यो अधिवेशनलाई नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व मुख्यमन्त्री शेरधन राई र अर्का केन्द्रिय सदस्य एवम् खानेपानी मन्त्री राजेन्द्र राई बीचको प्रतिस्पर्धाको रुपमा पनि लिइएको थियो । शेरधन पक्षबाट निरेन तामाङ अध्यक्षका उम्मेद्वार थिए भने राजेन्द्रको पक्षबाट शिव आङ्ला मैदानमा उत्रिएका थिए । पार्टीका नि...
विद्वानको साथ एक क्षण, अरुका लागि एक युग

विद्वानको साथ एक क्षण, अरुका लागि एक युग

जेठ ४ गते । धेरै वकिल साथीहरुको बीचमा, नेपाल वार एशोसिएसनको भवनबाट प्रा. डा. युवराज सँग्रौलाजी र म सँगै हिँडेर प्रज्ञा भवन कमलादीसम्म पुग्यौ । मौरीले रानोलाई घेराउ गरेजस्तो, उहाँको साथमा धेरैधेरै चेलाचेली, भाई बहिनीहरुले घेराउ गरी फोटो लिनुभयो । मैले पनि उभिएर साथ दिने मौका पाएँ । म बाहिरी आवरणमा भने कम देखिन मन पराउँदछु । हामीले बाटोभरी किन युवाहरु नेपालबाट विदेशतिर पलायन भइरहेका छन् ? विदेशमा...
असामाजिक बन्दै सामाजिक सञ्जाल

असामाजिक बन्दै सामाजिक सञ्जाल

काठमाडौं ।  ‘विमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौँ । हामी धेरै स्थानीय थियौँ । म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्यापिएका र बाहिर यात्रु खोज्न थालेँ । जहाजका केही पार्ट डिलसम्मै पुगेका थिए । मैले चाहिँ डिलबाट केहीलाई त जिउँदै निकालेको हुँ । बाहिर अरू पनि खसेका थिए । अरूलाई पनि निकाल्न आउनु न भन्दा कोही आएनन् । सबै मोबाइलमा भिडियो खिचेर बसे । अझ मैले त तपाईँका...
‘पढ्न पाउने अधिकार सुनिश्चित गरियोस्’

‘पढ्न पाउने अधिकार सुनिश्चित गरियोस्’

नेपालमा व्यवस्था फेरियो, अवस्था फेरिएन । पात्रहरु फेरिए, प्रवृत्ति फेरिएन नेपालका राज्य सञ्चालक, यसका निकायहरु कति कमजोर र लाचार छन् भन्ने उदाहरण खोज्न धेरै टाढा जानै पर्दैन, यसबाटै प्रस्ट पुष्टि गर्न सकिन्छ । मूलुकको शैक्षिक क्यालेण्डर अनुसारमा चैत्रमा शैक्षिक सत्र सकिन्छ । वैशाखदेखि भर्ना अभियान गरेर जेठ १ देखि नयाँ शैक्षिक सत्र आरम्भ हुन्छ । र यसका लागि नेपाल सरकार, यसको मन्त्रालयले पाठ्यपुस्...
सन्दर्भः नारी दिवस

सन्दर्भः नारी दिवस

आज त पुरै बिदा छ क्यालेन्डरमा पहिले नारी दिवसमा महिलालाई मात्र विदा भनेर हुन्थ्यो । यसबाट स्पष्ट छ कि महिलालाई दिएको बिदा मात्र काफी छैन । दुबै महिला र पुरुषलाई नै चाहिएको छ । पुरुष जीवनका अधिकाश अनुभूति नारीले गर्न सक्छे तर नारीको अत्यन्त गहिरो र बेग्लै अनुभूति प्ररुषले गर्न सक्दैन । आज नारी दिवस मनाइरहदा कैयों महिलाहरू घरको काम धन्दा, घाँस, दाउरा सकेर दिवसमा सहभागी हुन आतुर होलान् । बजार शहरति...
बिर्सिएका चम्किला तारा

बिर्सिएका चम्किला तारा

लोकतन्त्र तथा प्रजातन्त्रको पक्षमा निरङ्कुस पंञ्चायती व्यवस्थाको विरुद्ध शसस्त्र संर्घष गर्दा पक्राउ परी फाँसी दिएका पूर्वका दुई चम्किला तारा भीम नारायण श्रेष्ठ र कप्तान यज्ञ बहादुर थापालाई राज्यले बिर्सिएको छ । ती महान दुई योद्धालाई शत्रुले जीवनभर चिने तर आफ्नै पार्टी नेपाली कांग्रेस र सँगै जेल बिताएका मित्रहरुले राम्रो ढंगले चिनेनन् बरु उल्टै अहिले बिर्सिएका छन् । प्रजातन्त्र स्थापनका लागि यू...
म पोइल गएको छैन है…

म पोइल गएको छैन है…

म संर्घष र शैक्षिक उपलब्धिलाई सँगसँगै लाने प्रयत्न गरिरहेको एक युवा प्रतिनिधी पात्र हुँ । समाजशास्त्रको एक विद्यार्थी भएको नाताले शिक्षकले नारीवादका विषयमा अध्ययन गराइरहँदा वा साथीहरुबीच छलफल गरिरहँदा महिला कसरी दोस्रो दर्जाको रुपमा प्रस्तुत भइरहेका छन् ? भन्ने जिज्ञासाको उचाई चुलिएको थियो । म र मेरो साथी कार्यलयको काम सकेर कटमिरो साँझमा घर फकिँदै गर्दा बाटोमा एक गर्भवती महिला छट्पटिँदै गरेको अ...
एमालेको १० औं राष्ट्रिय महाधिवेशनका रोचक पक्ष

एमालेको १० औं राष्ट्रिय महाधिवेशनका रोचक पक्ष

देशकै ठूलो पार्टी नेकपा (एमाले) ले १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन तामझामको साथ चितवनस्थित नारायणी नदीको तीरमा पाँच लाख कार्यकताहरु उतार्दै तीन दिनसम्म सञ्चालन गर्ने भएको छ । काठमाडौंको गोदावारीबाट प्रथम विधान महाधिवेशन सम्पन्न गरेको नेकपा (एमाले) मूलत चितवनमा हुने महाधिवेशन नेतृत्व छनोटमा केन्द्रीत रहनेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान नेकपा (एमाले) २०७५ जेष्ठ २ अगाडिको नेकपा एमाल...
हेलचेक्राई नगरियोस्

हेलचेक्राई नगरियोस्

धनकुटामा विद्युत लाईन विस्तारमा प्रयोग भएका १० हजार भन्दा बढी पोल जीर्ण छन् । यो विद्युत प्राधिकरण धनकुटाको तथ्यांकले नै देखाउँछ । गाउँ–गाउँसम्म विद्युत लाइन विस्तारमा बर्षौ अघिदेखि प्रयोगमा आएका यी पोलहरु अहिले मक्किएका छन्, भाँचिन लागेका छन् । कतिपय भाँचिएर दुर्घटना पनि निम्तिदै आएको छ । चौविसे गाउँपालिका–२ स्थित जंग सामुदायिक बनमा गत असोज ८ गते विद्युतको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लाग्दा...
युवा शक्तिको महत्व र भूमिका

युवा शक्तिको महत्व र भूमिका

प्राक्कथन: ‘अब त ढिलो हुन्छ की साथी हो, बन्दैन देशले आफै बुझ्नु जाती हो ।’ गायक हेमन्त शर्माको स्वर, संगीत र शब्द रहेको यस गीतको सन्देशले वास्तवमा हामी नेपालीहरुले अब ढिला गर्नु हुदैन आफ्नो देशको विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने बेला भएको छ, सिंगो देशले बिकासको मुहार फेर्न खोजिरहेको छ । हामी नौं जवानहरुको आवश्यकता महशुस गरिरहेको छ । यस आलेखको मूल बिषयमा जानुभन्दा पहिले केही देशको...
एकीकृत चिकित्सा सेवा, आजको आवश्यकता

एकीकृत चिकित्सा सेवा, आजको आवश्यकता

मानिस प्रकृतिको उपज हो । प्रकृति र मावनबिचमा सामञ्जस्यता भएको खण्डमा मानव जीवन प्राकृतिक नियममा सामान्य रुपमा सुचारु भई नै रहन्छ । तर, जीवन शैलीमा अप्राकृतिक प्रभाव बढ्न थालेपछि अनेक प्रकारका अप्राकृतिक विपत्तिहरुले सताउन सक्छ । प्राकृतिक रुपमा उपलव्ध विभिन्न औषधीजन्य र शरिरको आन्तरिक वा वाह्य रुपमा प्रयोगजन्य अन्य प्राकृतिक वस्तुहरुलाई प्रयोग गरी उपचार गरिने विधि प्राकृतिक उपचार विधि हो । होमि...
मैले जन्माउन नपाएको छोरा

मैले जन्माउन नपाएको छोरा

ओहो त्यो पेट दुखाई , अहिले पनि त्यो सम्झदा जिउ सिरिगं हुन्छ । पीडाले प्राण नै निस्केला जस्तो मेरो छटपटाहट अनि त्यसको केहि बेरमा बेहोसतुल्य भएको मेरो शरीर । रक्तचाप घटेर ८०/४० भएपछि रिगंटा र कमजोरीले एक साथ गाजेको मलाई । अनि त्यसमाथि हस्पिटल पुगेर गाइने ओपिडी, सर्जरी ओपिडी अनि मेडिकल ओपिडी चाहार्दै भिडियो एक्स–रे को कोठामा मात्र बिताएको दुई घण्टा । ओ माइ गड, त्यो दिन अर्थात २०७८ बैशाख ८ गतेको दिन...
कथा सङ्ग्रह “याम्बुनेर” पढेपछि…

कथा सङ्ग्रह “याम्बुनेर” पढेपछि…

“याम्बुनेर” कथा सङ्ग्रह । बिना थिङ, एक सामान्य तामाङ महिलाले लेखेको सामाजिक घटनामा आधारित कथाहरुको सङ्ग्रह । कथाकारको कुनै पनि कथा यसअघि कहिल्यै पढेको थिइन । तर, यो कथा सङ्ग्रहको नामले यसप्रति चाख बढायो । “याम्बु” तामाङ भाषामा राजा बस्ने गाउँ । अर्थात काठमाडौं । लेखकले त्यही ठाउँ नजिक हुर्किदै त्यहाँको समुदाय विशेषको सामाजिक अन्र्तघुलनलाई समावेश गरेको कथाहरुको सङ्ग्रह रहेछ–याम्बुनेर । तेह्र भिन...
स्वास्थ्य नीतिमा समस्या कि नियतमा खोट ?

स्वास्थ्य नीतिमा समस्या कि नियतमा खोट ?

काठमाडौं महानगरपालिकाले मंगलबार जिल्लाभित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुखसँग गरेको छलफलमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, काठमाडौंका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको ‘हेल्थ सिस्टम नै कोल्याप्स’ भएको तीतो सत्य बोलेपछि उहाँलाई सार्वजनिक रुपमै धन्यवाद नदिइरहन सकिन । सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बे...
कहिलेसम्म सहने दाइजोको बहानामा यातना

कहिलेसम्म सहने दाइजोको बहानामा यातना

बिहानैदेखि मन कताकता बहकिएको थियो । एक्लोपन, सधैं त बाबाको फोन आउने गर्थ्यो अब त्यो पनि हरायो । हुन त यस धर्तिमा पाईला टेक्न पाउनुलाई नै भाग्यमानी सम्झन्छु । जीवनमा आइपर्ने ती कठिनाइका बाबजुद पनि चुनौतिहरूको सामना गर्दै मानव भएर जन्मनुको अर्थलाई पुष्टि गर्न सक्नु पनि जीवनको एउटा महत्वपूर्ण पाटो जस्तै लाग्छ । सदा जस्तै यसपालीको दशैंले पनि बिदाईका हात हल्लाउँदै थियो । मन त अझै अमिलो नै थियो । साध...
असल छिमेकी समाजको गहना

असल छिमेकी समाजको गहना

परम्परागत रुपमा मानिस जंगली युगबाट जीवन निर्वाह गर्दै आएका थिए । मानिसमा जंगली जीवन बडो कष्टमय र दुःखदायी हुन थालेपश्चात समयको परिवर्तनसँगै गाँउ, समाज र समाजका व्यक्तिहरुको सहयोग नभई नहुने आवश्यकता महशुस गर्न थालियो । त्यसैले समाजको निर्माण भयो र मानिस समाजिक प्राणी कहलायो । मानिस समाजमा जन्मन्छ, हुर्कन्छ र समाजमा नै देहत्याग गर्दछ । मानिस समाजभन्दा बाहिर गएर बाँच्न सक्दैन । त्यसैले उसलाई हरपल ...
संविधान कार्यान्वयनमा स्थानीय सरकारको भूमिका

संविधान कार्यान्वयनमा स्थानीय सरकारको भूमिका

कुनै पनि देशको संविधान भन्नाले त्यस देशको शासन पद्दति संचालन गर्ने वैधानिक कानूनको दस्तावेज हो, भने आम नागरिकहरुले प्राप्त गर्ने हक अधिकारको प्रमाणपत्र हो । यसले राज्य सञ्चालनको अङ्ग, निकाय, नीति, निर्देशक सिद्धान्त, राज्यको संरचना एवम् दायित्व किटानी गर्नुको साथै सरकारलाई शक्तिशाली र जनतालाई अधिकार सम्पन्न बनाउँछ । त्यसैले यसलाई देशको मूल कानून पनि भनिन्छ । योसँग बाझिने अरु कानून मान्य हुँदैनन्...
सूचना तथा प्रविधिको विस्तार र ग्रामीण विकास

सूचना तथा प्रविधिको विस्तार र ग्रामीण विकास

प्रत्येक देशको विकासमा सूचना र सञ्चार प्रविधिको प्रयोग तथा विस्तार अत्यावश्यक मानिन्छ । विज्ञानका विविध विषयले उल्लेखनीय विकास गरिसकेको वर्तमान समयमा कुनैपनि देशको आर्थिक विकासका लागि होस् वा सामाजिक परिवर्तनका लागि सूचना प्रविधि महत्वपूर्ण मानिन्छ, किनभने मानव जीवनका आर्थिक, सामाजिक, राजनीतिक लगायत सबै क्रियाकलापलाई ज्ञानमा आधारित बनाउँदै सम्पूर्ण समाजलाई नै ज्ञानवान बनाउने क्रान्तिको थालनी सूच...
अन्तराष्ट्रिय साक्षरता दिवस

अन्तराष्ट्रिय साक्षरता दिवस

युनेस्कोले सन् १९६५ मा घोषणा गरी सन् १९६६ सेप्टेम्बर ८ बाट दिवसका रुपमा यसका सदस्य राष्ट्रहरुले मनाउन थालेको दिवस हो अन्तराष्ट्रिय साक्षरता दिवस । विश्वका सबै मानिसहरुलाई शिक्षित बनाउने लक्ष्यसहित स्थापना भएको यो दिवसको उद्देश्य केवल साक्षरतामा मात्र सीमित नभई कर्तव्यबोध, मानवताबोध, भ्रातृत्वसँग पनि गाँसिएको छ । यसले व्यक्तिगत, सामुदायिक, सामाजिक रुपले साक्षरताका कारण समाजमा प्रकाश छर्ने कार्य ग...
सुविधा बञ्चित समूहमा शिक्षा

सुविधा बञ्चित समूहमा शिक्षा

आज सेप्टेम्बर ८ अर्थात ५४ औं अन्तराष्ट्रिय साक्षरता दिवस । सम्भवत पहिलो पटक शिक्षा क्षेत्र विविध कार्यक्रमका साथ मनाउन सकिरहेको छैन । शिक्षा क्षेत्र कोरोना भाइरको प्रकोपले ठप्प छ । विद्यार्थीहरु लकडाउनले घरमै सीमित छन् । विद्यालय नपुगेको महिनौ बितिसक्यो । सुविधा सम्पन्न ठाउँमा अनलाइन शिक्षा मार्फत केही विद्यार्थी जोडिए पनि अधिकांश विद्यार्थीहरु अहिले शिक्षाबाट बञ्चित भएका छन् । अभिभावकहरुको चिन्...
मृत्युलाई नजिकबाट नियालेर फर्किए

मृत्युलाई नजिकबाट नियालेर फर्किए

विश्वभर फैलिएको कोरोना भाइरसको त्रास मनमा कायमै रहेपनि चैत्र वैशाखको जति भने थिएन । आफ्नो जिम्मेवारी र कर्तव्य पुरा गर्ने क्रममा कार्यक्षेत्र बारामा थिए । पहिला मलाई त्यस्तो कुनै जटिल समस्या थिएन । साउनको १६ तिर निषेधाज्ञा जारी भयो । १५ दिन जति कोठामै बसियो । त्यहीबेला अचानक मलाई साउन २४ गतेदेखि घाँटीमा समस्या भयो, सास फेर्न अलि गारो भए जस्तो भयो । अनि डाक्टरको सल्लाह अनुसार औषधी खान सुरु गरे । ...
गोलभेँडा की विषादीको खेती !

गोलभेँडा की विषादीको खेती !

“खोल्सामा झरेका गोलभेँडा गाईभैँसीलाइ खुवाउने त होला नी ? यस्तो चिसो ठाँउमा गर्मी महिनामा बाटोमा हिड्नेले कति त काँचै पनि खाइदिँदा होलान् नी ?” पहाडको उकालीमा रमाइलो मान्दै हिडिरहेका हामी मध्ये एकजनाले सडक छेउ मै लटरम्म गोलभेँडा फलेको, खोल्सामा झरेका गालभेँडाका राता दानाहरु अनि राताम्यै देखिएको खेतवारीमा गोडमेल गरिरहेकी एक जना महिलालाइ यो प्रश्न सोधेका थियौ । प्रत्यूत्तरमा महिलाकै मुखबाट झरेका लव...
महामारीको तीज

महामारीको तीज

रातो साडी, चोली र झरझुट्ट गहनाले सजिएर हिन्दु नारीहरुले मनाउँने महान चाड हरितालिका तीजको छुट्टै धार्मीक महत्व छ । हिन्दु धर्मका बिभिन्न धार्मीक ग्रन्थ र पौराणीक कथा अनुसार राजा हिमालयले छोरी पार्वतीको कन्यादान भगवान बिष्णुसँग गरिदिने बाचा गरेका थिए । पिताको बचन पार्वतीलाई मन नपरेपछि आफूले मनपराएको वर पाउँभनि जंगलमा गएर तपस्या गरिरहेकी पार्वतीले एक सय बर्षसम्म पनि तपस्याको फल नपाएपछि शिव लिंगको स...
कोरोनाको कहर र अनलाइनको रहर

कोरोनाको कहर र अनलाइनको रहर

यो कोरोना भाइरसको महामारीले विकसित मूलुकमा स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुर्यायो तर हाम्रो नेपालमा शिक्षा क्षेत्रमा ठूलो उथलपुथल ल्यायो । वरिष्ठ शिक्षाविदेखि कनिष्ठ शिक्षकसमेत , यही कोरोनाको कारणले बनेका केही आइटी मास्टर र नव शिक्षाविद् सबैले ताली पिटे, दाँत देखाए निर्णयको समर्थन गरे । एस ई ई परीक्षा कापी कलमको पाटोबाट टाढा भयो । त्यो पनि लकडाउन खुकुलो बनाउने मन्त्री परिषद बैठकको निर्णयसँगै । ...
नेनो टेक्नोलोजी र होमियोप्याथी

नेनो टेक्नोलोजी र होमियोप्याथी

अध्ययनको क्रममा भेटिएका तथ्यहरुलाई हेर्दा करिब ५००० वर्ष पहिले आयुर्वेदको शुरुवात भएको थियो भने, करिब २४०० वर्ष पहिले एलोप्याथीको शुरुवात भएको थियो । विज्ञान र प्रविधिको उच्चतम प्रयोग गरी प्राकृतिक रुपमा प्राप्त हुने औषधीलाई प्रयोग गरिएको अहिलेको सबैभन्दा नविनतम् रुपमा भर्खरै करिब २२५ वर्ष अघि विकास भएकोे चिकित्सा होमियोप्याथी हो । औषधीजन्य एउटै मात्र पदार्थलाई अत्यन्तै शक्तिकृत गरी त्यो शुक्ष्म...
जातीय छुवाछुतबिरुद्धको कानुनी व्यवस्था र व्यवहारिक अवस्था

जातीय छुवाछुतबिरुद्धको कानुनी व्यवस्था र व्यवहारिक अवस्था

नेपालमा छुवाछुतको इतिहास हेर्ने हो भने किताबका धेरै पानाहरुमा देख्न सकिन्छ । ई.पू. ६०० को आसपासमा नै वर्ण व्यवस्थाभित्र छुवाछुत गरिएको पाईन्छ । यस्तो क्रम अगाडि बढ्ने सिलसिलामा छुवाछुतलाई कानुनी रुपमा नै कठोर बनाउँदै लगिएको पाईन्छ । त्यस क्रममा हिन्दु धर्मिय शासन जहाँ–जहाँ फैलियो, त्यहाँ–त्यहाँ यो छुवाछुतसहितको वर्णव्यवस्था फैलिन पुग्यो । काठमाडौं उपत्यका लगायत पश्चिम तथा मधेसमा छुवाछुतसहितको वर...
अमेरिकन फौजीकीरा र यसको एकीकृत व्यवस्थापन 

अमेरिकन फौजीकीरा र यसको एकीकृत व्यवस्थापन 

अमेरिकन फौजीकीरा अमेरिकाको रैथाने कीरा हो । यो कीरा सन् २०१६ मा अफ्रिकामा महामारीको रुपमा देखिएको थियो । सन् २०१८ जुलाईमा भारतको करनाटाकामा महामारीको रुपमा देखिएको यो कीरा नेपालमा पहिलो पटक सन् २०१९ मे मा नवलपुर जिल्लामा देखिएको थियो भने यस वर्ष नेपालको अधिकांस जिल्लाका मकैबालीमा मुख्य समस्याको रुपमा देखिएको छ । यसले मकै लगायत ८० भन्दा बढी अन्य विरुवामा असर गरेको पाइन्छ । यो कीरा गत हिँउदमा चित...
error: Content is protected !!