जेठ ४ गते । धेरै वकिल साथीहरुको बीचमा, नेपाल वार एशोसिएसनको भवनबाट प्रा. डा. युवराज सँग्रौलाजी र म सँगै हिँडेर प्रज्ञा भवन कमलादीसम्म पुग्यौ । मौरीले रानोलाई घेराउ गरेजस्तो, उहाँको साथमा धेरैधेरै चेलाचेली, भाई बहिनीहरुले घेराउ गरी फोटो लिनुभयो । मैले पनि उभिएर साथ दिने मौका पाएँ । म बाहिरी आवरणमा भने कम देखिन मन पराउँदछु ।

हामीले बाटोभरी किन युवाहरु नेपालबाट विदेशतिर पलायन भइरहेका छन् ? विदेशमा गएका नेपाली युवाहरुलाई वर्तमान पुस्ताले भन्नु पर्ने कुरोमा, विदेशमा योग्य भएर जाने, त्यसको आधारमा सीप, ज्ञान र धन सकेसम्म आर्जन गरेर आपनो देशमा फर्क है भन्ने मौखिक सहमति पनि गर्यौं । युवराज घिमिरे, डा. शरदचन्द्र वस्तीजीहरुलाई स्रोत व्यक्तिमा भूमिका दिएर आफ्नो स्कुलले समसामयिक राष्ट्रिय महत्वका कुरामा डिस्कोर्स चलाइरहेको उहाँले जानकारी दिनुभयो ।

Advertisement

ती मित्रहरुबाट सहभागीहरुले अवश्य नै धेरै कुरा सिक्ने अवसर पाएका थिए होलान् भन्ने मैले अनुमान गरेँ । धरैले आफ्ना छोराछोरी, नातिनातिना र नातेदारहरु उहाँको स्कूलमा अध्ययनरत छन् भनेर भन्दाको क्षणबाट उहाँको संस्थाको उत्तरोत्तर प्रगतिमा लम्किरहेको देखिन्छ भन्ने मैले निर्क्यौल गरें, यो उहाँको सफलता हो । चेलाहरुको उहाँका प्रतिको प्रगाढ विश्वास पनि हो ।

नेपालमा अहिलेको यस्तो सारा अवस्था हुनमा समय, शिक्षा र राजनीति नै जिम्मेवार कारण हो भन्यौं । युरोपमा आएको बौद्धिक क्रान्ति र त्यसले ल्याएको चेतनाले राष्ट्र र महादेशको समग्र परिवर्तनमा भूमिका खेल्न सक्यो भने हाम्रो चेतनाले पनि प्रभाव दिन सक्दछ भन्नेमा पनि सहमत भयौं ।

उहाँले म स्वतन्त्रताप्रेमी हुँ भन्नुभयो, म खुसी भएँ । यो सापेक्षताको सिद्धान्तबाट हेरिने कुरा हो । किनकि स्वतन्त्रताप्रेमी मानिसलाई जीवनमा नेपालमा सामन्त, दलाल र पुँजीपति शोषक भनेर तथानाम गाली गर्ने एक युग हामीहरुले सहन गरेका थियौं, जो २०१७ देखि २०८० सम्म अनुभव गरियो । तर स्वतन्त्रतापछि समानता र त्यसपछि भातृत्व वा लिवर्टी, इक्वालीटी र फ्रयाटरनिर्टीलाई क्रमशः लयवद्ध राखेर फ्रान्सेली क्रान्तिको १७७९ को इतिहास अध्ययन गराइनुमा पनि त अर्थ छ नि ।

अहिले पनि दिउँसो र राति, आफ्नो र बिरानो, साथी वा पराई, शत्रु वा मित्र हेरेर मौसम अनुसारको बोली र भाका फेर्ने हाम्रो चलन छ । बाहिरी विकसित देशमा त्यो छैन । त्यसले सवैलाई गाँजेर सत्यको प्रवोधनमा अवरोध खडा गरी पीडा दिएकै छ । त्यसैले हाम्रो ज्ञानको स्तर कमजोर देखिन्छ ।

उहाँ नेपालको यस्तो एक विद्वान हो, जो बाहिरी विश्वलाई देखाउन लायक हो भन्ने मेरो मूल्याङ्कन छ । मचाहिँ विद्यार्थी नै, दीक्षित हुन पाएको र अवसर जुटेको छैन ।

तर हामी सवै नेपाली हौ । हाम्रो समस्या, यसको पीडा साझा समस्याहरु हुन् । यो विषय अब बहसमा, विवादमा अगाडि आउनु पर्दछ । कहीँ कतै यो कोभिड–१९ को फाइजर डोज होइन ? जो कि आफ्नोले चाहिँ यसलाई लिएर बाँचुन्, नेपाली नै भएर पनि अरुचाहिँ मरुन्, भन्ने विगतको राज्य बर्तावमा हामीले भोगेको जस्तो नहोस् । बुद्धको देशमा युद्धको वीभत्सता हामीले नभोगेको पनि त होइन ।

जीवनको प्रारम्भदेखि नै यही बाटो र यही मार्गचित्रमा हिँडे, यो यात्रा र अभियानमा आइपुग्दामा अनेक चोट, पीडा प्रहार तथा तितो आलोचना खपेर सहन गरियो । उहाँलाई थाहा थियो म के र को हो ? अनि मलाई पनि थाहा थियो उहाँको बारेमा । तर हामीहरु दुवै एक अर्काको शुभचिन्तक हौं ।

नेपालमा न सबै समाजवादीहरु गुुनिला छन्, न त सवै पुँजीवादीहरु वा स्वतन्त्रता प्रेमीहरु नै । दलको झोला नबोक्नु धेरै माथिसम्म जाने उपाय हो । तर यो महान स्तरमा पुगेको विद्वानको, विदुषीको हकमा लाग्न सक्दछ । त्यसमापनि उसको ज्ञान, विवेक र प्रवोधनको स्तर अवस्था के छ ? त्यसले अर्थ राख्दछ ।

प्रा. डा. सग्रौला सर म र साथ साथै हिँडिरहेकोमा चिन्ने जान्ने धेरैले त्यो फोटो लिएर राख्नु भएको पाएँ । मैलेचाहिँ मोबाइल वोकेको थिएन । हिजोको प्रयोजन उपस्थिति भनेको वारमा ऐक्यवद्धता जनाउने र भेटघाट गर्नेसम्मको थियो । हामीहरु वौद्धिक क्षेत्रमा मिलेर वहस गरेमा अध्ययन र अनुसन्धान गरेमा ज्ञानको क्षेत्रमा नेपालमा पनि काम गर्न सकिन्छ, र को के कति ज्ञानको स्तरमा छ भन्नेपनि पत्ता लगाउन सक्नेछौ ।

मैले ‘डाइलेक्टिकल प्रोसेसमा व्यक्तिले उठान गरेको कुरोको मापन गर्दा थेसिसको स्टेप कुन तहको हो ? त्यो अवगत भएपछि त्यसको अनेक रुप रुपाय अवस्था त हामी सजिलै थाहा पाउन सक्दछौं नि’ भने । उहाँले तत्काल नै हो, भनेर मन्जुर गरिहाल्नु भयो । किनकि उहाँ अध्ययनमा गहिराइमा पुग्नु भएको व्यक्तित्व हो ।

त्यस्तै, एक जम्काभेट विगत २० वर्ष अगाडि मेरो गुरु प्रा. डा. प्रेमरमण उप्रेती सरको साथमा भएको थियो । उहाँ नेपालको यस्तो एक विद्वान हो, जो बाहिरी विश्वलाई देखाउन लायक हो भन्ने मेरो मूल्याङ्कन छ । मचाहिँ विद्यार्थी नै हो, दीक्षित हुन पाएको र अवसर जुटेको छैन ।

सुदूरपश्चिमका साथीहरुलाई लक्षित गर्दै त्यहाँ काठमाडौं स्कूल अफ लले मास्टर्सको कक्षा चलाउने भएकोले प्रा.डा. सग्रौलाले आफैं आउने पनि जानकारी दिनुभयो । मैले सही थापेँ ।

यो तपाईंहरुको लागि अवसर पनि हो, यसलाई सदुपयोग गर्नु होला भने । एकक्षण विद्वानको साथ अरुको लागि एकयुग । दिनभरी मैले एकयुग जस्तो गरी नेपालको कमजोर भुईँ मान्छेहरुको साथ पनि समय बिताएँ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!