डा. खगेन्द्र कटुवाल

अध्ययनको क्रममा भेटिएका तथ्यहरुलाई हेर्दा करिब ५००० वर्ष पहिले आयुर्वेदको शुरुवात भएको थियो भने, करिब २४०० वर्ष पहिले एलोप्याथीको शुरुवात भएको थियो । विज्ञान र प्रविधिको उच्चतम प्रयोग गरी प्राकृतिक रुपमा प्राप्त हुने औषधीलाई प्रयोग गरिएको अहिलेको सबैभन्दा नविनतम् रुपमा भर्खरै करिब २२५ वर्ष अघि विकास भएकोे चिकित्सा होमियोप्याथी हो । औषधीजन्य एउटै मात्र पदार्थलाई अत्यन्तै शक्तिकृत गरी त्यो शुक्ष्म कणलाई विज्ञान र प्रविधिमासमेत उपयोगी बनाउने प्रविधिलाई नेनो टेक्नोलोजी भनिन्छ । जसरी भौतिक विज्ञानले व्याख्या गरे अनुसार, कुनै पनि शक्ति वा बललाई हामीले साधारणतया देख्न सकिदैंन, अनुभव गर्न मात्र सकिन्छ, त्यसरी नै, आत्मा लाई हामी देख्न सक्दैनौ, अनुभव मात्र गर्न सक्छौ । जसरी हामी आत्मबल, आत्मविश्वास हुन्छ भनेर सामान्य धारणा बनाउछौ, त्यसरी नै आत्मा पनि हुन्छ । तर, देख्न वा छुन सक्दैनौ । तर, आत्मा धेरै नै गतिशिल हुन्छ, सानो स्तनपान गराउने बच्चालाई भोक लागेर रोएको बेला उनकी आमाको स्तन चर्कन्छ र जतिसुकै टाढाको दुरीमा भएपनि स्तनपान गराउन आमाले जानु पर्ने हुन्छ । त्यस्तै, हरेक व्यक्तिको स्वभाव, जीवनशैली, रहनसहन, मानसिक, भावनात्मक, संवेदनात्मक स्थितिको आधारमा दिवास्वप्नमा डुब्ने, भ्रममा पर्ने, तर्सने, डेलुजन हुने, राती सपनाहरु देखिने, ऐठन हुने ईत्यादि अनौठा घटनाहरु समेत हुने गर्दछन् ।

Advertisement

त्यही अवधारणामा आधारित भई मानव जीवनका अभिन्न पक्षहरु भनेको आत्मा, मन मस्तिष्क र शरीर हुन् । आत्माको शक्ति गतिशिल छ । एकैछिनमा आत्मा कहाँबाट कहाँ पुग्दछ । लाग्छ की ईलेक्ट्रो–म्याग्नेटिक वेभभन्दा पनि गतिशिल रुपमा वेगिन सक्दछ, हामी भित्रको आत्मा । यस मानेमा हाम्रो शरिर पनि गतिशिल छ, किनकी, आत्माको शक्तिको आधारमा हाम्रो मन, मस्तिष्क चल्ने गर्दछ, त्यही गतिशिल मन, मस्तिष्कको गतिको आधारमा हाम्रो शरीरका अंग र प्रणालीहरु संचालित छन् । यसर्थ, हाम्रो शरीर गतिशिल छ । शरीरका रोगहरु पनि गतिशिल हुन्छन् नै । त्यस्ता, गतिशिल रोगहरुको लागि निको पार्ने औषधीहरु पनि गतिशिल नै हुनु पर्दछ ।

औषधीहरुलाई गतिशिल पार्नको लागि कुनै खास एक प्रजातीको औषधी जन्य पदार्थलाई अत्यन्तै कम मात्रामा प्रयोगमा ल्याईन्छ र जसरी हाईड्रोपावरमा पानीको फ्लोबाट डाईनामोमा झड्का दिएर चार्ज उत्पन्न गर्ने गरिन्छ । त्यसरी नै, झड्का दिएर होमियोप्याथिक औषधीहरुलाई पनि शक्तिकृत बनाईन्छ । झड्का दिनको लागि त्यो, झड्का दिईने औषधीय पदार्थको अणुलाई टुक्र्याउने गरिन्छ । यसरी, मोलिक्योल टुक्र्याउने विधिलाई होमियोप्याथिमा ‘ल अफ मिनिमम्’ भनिन्छ भने, पानीबााट झड्का दिएर विजुलीको ईलेक्ट्रोनको करेन्ट पैदा गरे जस्तै गरी औषधीहरुलाई पनि झड्का दिएर गतिशिल बनाउने प्रकृयालाई ‘डक्ट्रिन अफ ड्रग डाईनामाईजेसन’ भनिन्छ ।

यसरी, प्राकृतिक औषधीजन्य शुक्ष्म पदार्थलाई विज्ञान र प्रविधिको उच्चतम प्रयोग गरि बनाईएको ओैषधीहरुलाई रोग प्रतिरोध क्षमता विकास गर्न बनाईने भ्याक्सिनको नियमसँग झण्डै–झण्डै उस्तै, धेरै कुरामा मिल्ने विधिबाट कमजोर बनेको जीवनशक्तिलाई पुनः सक्रिय बनाईन्छ र पुनः स्वस्थता प्राप्तिको स्थिति विकास गर्ने गरिन्छ । यसरी उपचार गर्ने औषधीको मात्रा अत्यन्तै न्यून, ती औषधीको अणुलाई टुक्र्याउदै शुक्ष्म बनाउदै लैजादा साधारण माईक्रोस्कोपले मात्र होईन, ईलेक्ट्रोन माईक्रोस्कोपलेसमेत हेर्न, देख्न नसक्ने गरीे शुक्ष्मतामा पुर्याईन्छ । त्यसरी टुक्र्याउने सिद्धान्तलाई क्वान्टम फिजिक्समा अध्ययन गरिन्छ । यो विधिलाई नेनो टेक्नोलोजी भनिन्छ ।

होमियोप्याथी आधुनिक विज्ञान भन्दा एक कदम अगाडी छ भन्ने कुरा एभोगाड्रोज ल ले पनि पुष्टि गर्दछ । किनकी, एभोगाड्रोज नम्बर आउनु भन्दा करिब २१ वर्ष पहिले नै त्यो सिद्धान्तलाई होमियोप्याथीले अंगिकार गरेको थियो । होमियोप्याथी सन् १७९० मा शुरुवात भई सन् १७९६ मा विश्वभर फैलन थालेको थियो भने, एभोगाड्रोज नम्बर सन् १८११ अमेडो एभोगाड्रोले प्रतिपादन गरेता पनि जब स्टानिस्लो कानिजाभोले सन् १८५८ मा एभोगाड्रोज ल मा आधारित भई लजिकल सिस्टम अफ केमिस्ट्रिलाई प्रयोगमा ल्याएपछि मात्र एभोगाड्रोज नम्बरले मान्यता पाएको हो । क्वान्टम फिजिक्सको सिद्धान्त वा नेनो पार्टिकल्सको अवधारणाले मोर्डन साईन्सलाई चुनौती पनि भएको थियो । तर, भौतिकवादीहरुले पनि शुक्ष्म कणको सिद्धान्तमा जान बाध्य भए, जबकी, होमियोप्याथी त्यही शुक्ष्म कणको कारण अपदार्थमा केही कार्यक्षमता हुदैन भन्ने गर्थे । तर थप अनुसन्धानले एभोगाड्रोज थेउरी आविश्कार भयो र विश्वले स्वीकार्यो । एभोगाड्रोज नम्वर (6.023*10–23) को अवधारणा आउनु भन्दा अघि यो होमियोप्याथीको मोलिक्योल ब्रेक डाउन थेउरीमा अलि बढी आलोचना भएको थियो भने त्यसपछि यो पद्धतिलाई धेरै वैज्ञानिक क्षेत्रमा उपयोगमा ल्याईएको पाईन्छ ।

भारतको सेन्ट्रल काउन्सिल फर रिसर्च ईन होमियोप्याथी, न्यू दिल्ली र बायोेटेक्नोलोजी, बायोकेमिकल ईन्जिनियरिङ् विभागको होमियोप्याथीक नेनो मेडिसिनको सन् २०११ मा अनुसन्धान गरेको थियो । पल्सटिला, कोल्चिकम र बेलाडोना गरी ३ वटा औषधीलाई एभोग्याड्रोज नम्वर भन्दा सानो कण अर्थात ‘१५सी’ मा परीक्षण गरिएको थियो । त्यसरी बनाईएको नेनो पार्टिकल्सहरुमा सिलिका र क्रिस्टलाईनयुक्त गुणहरु पाईएको थियो । जसमा धेरै प्रकारका सिलिकाहरुले विभिन्न रुपमा प्रोटिनसँग र ईम्युन सिस्टमका सेलहरुसँग ईन्टरयाक्ट गरेको पाईएको थियो ।

होमियोप्याथीक औषधीको नेनो साईन्स मेकानिज्ममा कसरी काम गर्छ भनी गरिएको उक्त अनुसन्धानमा यो एभागाड्रोज नम्वर अनुसार, ‘१२सी’ पोटेन्सी भन्दा उच्च पावरमा मोलिक्योल देख्न वा एभोग्याड्रोज नम्बर अनुसार मापन गर्न नसक्ने गरी शुक्ष्म बनाईएको हुन्छ । अनुसन्धानकर्ताहरुले अल्ट्रा–हाई–डाईलुसनको बारेमा रिसर्चसमेत गरी होमियोप्याथीक प्रभावकारी रुपमा सफल उपचार गर्न सक्ने देखाएको छ । मेटेरियल कन्सेप्टमा आधारित अन्य विविध टेक्नोलोजीमासमेत होमियोप्याथीले देखाएको बाटोमा हिड्न र नयाँ आयामहरुको आविश्कार गर्न अहिलेको विज्ञान र प्रविधिलाई भने यो नेनो टेक्नोलोजीले पक्कै पनि सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।

लेखक डा.कटुवाल धनकुटाको बसपार्कस्थित जनभावना होमियोप्याथीक हस्पिटलका सञ्चालकसमेत हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!