संगालोखबर


विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला चार सय रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५१ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला एक लाख ५१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

मङ्गलबार सुन प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार हिजो चाँदी तोलामा एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!