संगालोखबर


विराटनगर । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भुकम्प गएको छ । आज दिउँसो माझिटार भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि पुस १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । पुस ११ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ९ गते दार्चुला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Advertisement

पुस ५ गते बाजुरामा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ३ गते बझाङमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!