- संगालोखबर सम्वाददाता


काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उप–बिजेता बनेका छन् । फाइनल राउण्डका क्रममा भोटिङका आधारमा उनी उप–बिजेता घोषित भएका हुन् ।

यता, दिवेशलाई उछिन्दै जस्ट साम अमेरिकन आइडल बनेकी छन् । उपाधि दावेदार मानिएका दिवेश टप २ मा पुगे पनि पर्याप्त भोट नपुग्दा उनी उप–बिजेतामा सिमित बनेका हुन् ।

Advertisement

काठमाडौंको रवीभवनमा जन्मिएका उनी सन् २०१४ मा अमेरिका गएका थिए । अमेरिकन आइडलको फाइनलमा पुग्ने दिवेश पहिलो नेपाली हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!