नोबेलमा मनाइयो स्तनपान सप्ताह
विराटनगर । विराटनगरस्थित नोेबेल शिक्षण अस्पतालमा स्तनपान सप्ताह मनाइएको छ । नोबेलको पीसीएल, बीएस्सी र बीएनएस नर्सिङ्गका विद्यार्थीहरूले गत सोमवारदेखि आइतवारसम्म एक हप्ता कार्यक्रम गरेर सप्ताह मनाएका हुन् ।
नोबेल अस्पतालमा सुत्केरी भएका महिलाहरूलाई स्तनपानका विषयमा सचेतनामूलक कार्यक्रम गरेर सप्ताह मनाइएको नर्सिङ्ग डाइरेक्टर निलम झाले जानकारी दिइन् । उनका अनुसार विद्यार्थीहरूले स्तनपानको महत्व, स...



























