- संगालोखबर सम्वाददाता

काठमाडौं । द हिमालयन रिजर्भले प्रसिद्ध नेपाली गल्फ खेलाडी शुक्रबहादुर राईलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । हिमालयन रिजर्भ १२ बर्ष पुरानो इम्पोर्टेड स्कच माल्टबाट र स्कटिश ग्रेन स्पिरिटहरुको मिश्रण गरी तयार गरिएको प्रिमियम ह्वीस्की हो ।

Advertisement

विश्व खेलकुद जगतमा गल्फ खेलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने खेलाडी राईलाई कम्पनीले ब्राण्ड एम्बेसडर बनाएको हो । स्कूलमा पढ्दा केही पैसा कमाउँने आशामा केडी बोइ बनेर गल्फ खेलमा करियर सुरु गरेका उनी अहिले नेपालको संभावना बोकेको खेलाडीको रुपमा चिनिन्छन् ।

गल्फमा राम्रो गरेर नेपालको नाम विश्वभर चम्काउने उनको सपना छ । उनको साहसिक र चुनौतीपूर्ण यात्रामा सहयात्री बनेर उनलाई सहयोग गरिने हिमालयन रिजर्भले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!