कोशी प्रदेशका तीन स्थानमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण गर्ने तयारी
विराटनगर । कोशी प्रदेशका तीन स्थानमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण गरिने भएको छ । प्रदेश सरकारले झापाको अर्जुनधारा नगरपालिका, मोरङको रंगेली नगरपालिका र तेह्रथुमको आठराई गाउँपालिकामा सेवा केन्द्र निर्माण गर्ने तयारी गरेको हो ।
वारुणयन्त्र, एम्बुलेन्स, प्रहरी लगायत अत्यावश्यक सेवाहरू एकीकृत रुपमा प्रदान गर्न प्रदेश सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र निर्माण गर्ने प्रकृया ...































