विराटनगरमा जुवा खेल्ने १० जना पक्राउ
विराटनगर । विराटनगरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१२ स्थित सगरमाथा स्कुल छेउका वेदनिधि दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा हानेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१२ का ४० वर्षीय किसन श्रेष्ठ, ३० वर्षीय अजय मण्डल, २९ वर्षीय आर्यन कामत, ३६ वर्षीय दीपक सहनी, ६५ वर्षीय देवेन्द्र बहादुर सुब्बा र ५३ वर्षीय वेदनिधि दाहाल छन...





























