Avatar photoRabin Katel

विराटनगर । विराटनगरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१२ स्थित सगरमाथा स्कुल छेउका वेदनिधि दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा हानेको हो ।

Advertisement

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१२ का ४० वर्षीय किसन श्रेष्ठ, ३० वर्षीय अजय मण्डल, २९ वर्षीय आर्यन कामत, ३६ वर्षीय दीपक सहनी, ६५ वर्षीय देवेन्द्र बहादुर सुब्बा र ५३ वर्षीय वेदनिधि दाहाल छन् ।

त्यस्तै, विराटनगर-११ का ३५ वर्षीय दीपक सहनी, २७ वर्षीय अनिष अधिकारी, ५० वर्षीय बाबुराम कटेल र विराटनगर-१० का ३७ वर्षीय रामबाबु राय छन् ।

जुवाको खालबाट ८२ हजार ४ सय ३० रुपैयाँ नगद पनि बरामद भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

पक्राउ परेकाहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा सम्बन्धी कसूरमा मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement