असार दोस्रो सातासम्म कोशीमा १४ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ

असार दोस्रो सातासम्म कोशीमा १४ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ

विराटनगर । असार दोस्रो साता भइसक्दा कोशी प्रदेशमा १४ प्रतिशतमात्र धान रोपाइँ भएको छ । प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा धेरै झापा र सबैभन्दा कम सोलुखुम्बुमा धान रोपाइँ हुने गरेको छ । करिब २ लाख ७६ हजार ३८३ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार ८८० हेक्टर जमिनमा मात्र रोपाइँ भएको कोशी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । गत वर्ष यही अवधिमा १६ दशमलव ९६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भ...
कोशी प्रदेश टिमलाई हराउँदै बागमती फाइनलमा

कोशी प्रदेश टिमलाई हराउँदै बागमती फाइनलमा

विराटनगर । कोशी प्रदेश टिमलाई सोझो सेटले पराजित गर्दै बागमती प्रदेश प्रथम साहना प्रधान यू–१९ महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बागमतीले २५–१८, २५–६ र २५–९ ले पराजित गरेको हो । महिला तर्फको फाइनलमा बागमती र लुम्बिनीले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुषतर्फको सेमिफाइनल खेल आजै हुँदैछ । पहिलो खेलमा गण्डकी प्रदेश र सुदूरपश्चिम खेलिरहेका छन् भने दोस्रो सेमिफाइनलमा बागमती प...
लागुऔषधसहित कोशीका विभिन्न जिल्लाबाट ११ जना पक्राउ

लागुऔषधसहित कोशीका विभिन्न जिल्लाबाट ११ जना पक्राउ

बिराटनगर । मोरङ, झापा, उदयपुर र सुनसरीका छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा र प्रतिबन्धित औषधिसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिका–७ बाट ४९ बोरामा राखिएको १ हजार ५ ४८ किलो गाँजा प्रहरीले बरामद गरेको छ । त्यस क्रममा स्थानीय राजकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा स्थानीय २४ बर्षीय रणधीर यादव र भारत बिहार सुपौलका २९ बर्...
प्रदेशका लेखा कर्मचारीको आन्दोलन स्थगन

प्रदेशका लेखा कर्मचारीको आन्दोलन स्थगन

विराटनगर । समान वृत्ति विकासको सुनिश्चितताको मागसहित सातायता आन्दोलित प्रदेशका लेखा कर्मचारीहरुको आन्दोलन स्थगन भएको छ । आफ्ना माग पूरा गराउन दबाबस्वरुप उनीहरुले काम छाडेर आन्दोलन गर्दै आएका थिए । सरकारले माग पूरा गर्ने आश्वासन दिएपछि आजबाट आन्दोलन स्थगन गर्दै उनीहरु काममा फर्किएका हुन् । लेखा समूहका कर्मचारीले उठाएका माग पूरा गर्दै जाने आश्वासन कोशी प्रदेश सरकारका तर्फबाट पाएपछि आफूहरू काममा फ...
ताप्लेजुङका २३ सामुदायिक विद्यालयको एसईई नतिजा शून्य

ताप्लेजुङका २३ सामुदायिक विद्यालयको एसईई नतिजा शून्य

ताप्लेजुङ । माध्यमिक विद्यालय शिक्षा परीक्षा (एसईई) मा ताप्लेजुङका २३ सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । हिजो सार्वजनिक भएको नतिजाअनुसार जिल्लाका ६८ मध्ये २३ सामुदायिक विद्यालयको नतिजा शुन्य आएको हो । जिल्ला शिक्षा समन्वय एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार एक हजार ६ सय ९६ विद्यार्थी एसईईमा सहभागी भएकोमा २३७ जना मात्रै उत्तीर्ण भएका छन् । सबैभन्दा बढी फक्ताङलुङ गाउँपालिकाक...
मोरङ, सुनसरी, झापा र उदयपुरमा साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

मोरङ, सुनसरी, झापा र उदयपुरमा साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

विराटनगर । सरकारले विभिन्न कामका लागि आगामी साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको छ । प्रारम्भिक चरणमा कोशी प्रदेशका चारसहित २८ जिल्लामा यो नियम लागू हुने भएको छ । सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमा जस्ता क्षेत्रका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको हो । गत सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले पहिलो चरणमा २८ जिल्लामा लागू गर्ने जनाएको हो । पहिलो चरणमा लागू...
कोशी नदीमा जलस्तर बढेसँगै सतर्क रहन प्रशासनको आग्रह

कोशी नदीमा जलस्तर बढेसँगै सतर्क रहन प्रशासनको आग्रह

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन थालिएको छ । स्थानीय प्रशासनले कोशी नदीमा डुंगा चलाउन, माछा मार्न र दाउरा खोज्न निषेध गरेको छ । पूर्वी पहाडी जिल्ला तथा सुनसरी, उदयपुर, सप्तरीमा पनि निरन्तर वर्षा भइरहेका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बिहिवार कोशी नदीमा पानीको बहाव एक लाख ३४ हजार क्युसेक मापन गरिएको थियो । पानीलाई निकास दिन कोशी ब्यारेजका ५६ मध्ये १९ वटा...
एसईईः झापाका दुई विद्यालयको नतिजा शून्य

एसईईः झापाका दुई विद्यालयको नतिजा शून्य

झापा । २०८० को एसईईमा झापाको झापा गाउँपालिकाका दुई सामुदायिक विद्यालयको परीक्षाफल शून्य आएको छ । एउटा विद्यालयबाट एकमात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । उक्त पालिकाका महेन्द्र मावि र जनकल्याण माविको नतिजा शून्य आएको हो । जनकल्याण माविबाट ४० जना र महेन्द्र माविबाट ३४ जनाले परीक्षा दिएका थिए । झापा गाउँपालिकामा सामुदायिक र संस्थागत गरी १२ विद्यालयका विद्यार्थीहरुले परीक्षा दिएका थिए । पालिकाभरबा...
भारत टी–२० विश्वकपको फाइनलमा प्रवेश

भारत टी–२० विश्वकपको फाइनलमा प्रवेश

विराटनगर ।  भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो । १० वर्षपछि भारतीय टोली टी–२० विश्वकपको फाइनलमा पुगेको हो । गुयानाको प्रोभिडेन्स स्टेडियममा इङ्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर बलिङ रोजेका थिए । रोहित शर्माको अर्धशतकको मद्दतमा पहिले ब्याटिङ गरेको टीम इण्डियाले इंग्ल्याण्डलाई १७२ रनक...
मोरङको कानेपोखरीमा गाडीको ठक्करले पैदलयात्रीको मृत्यु

मोरङको कानेपोखरीमा गाडीको ठक्करले पैदलयात्रीको मृत्यु

विराटनगर । मोरङको कानेपोखरीमा गाडीको ठक्करले एकजना पैदलयात्रीको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका– लेटाङ मोडमा प्रदेश १–०१–००१ च ७६८६ नम्बरको बोलेरो गाडीले ठक्कर दिंदा ५२ वर्षीय एक पुरुषको गएराति मृत्यु भएको हो । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन । ठक्करपछि गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर मंगलबारे लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालम...
कोशीका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह

कोशीका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह

विराटनगर । कोशी प्रदेशका विभिन्न क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ । मनसुनी वायुको प्रभाव बढिरहेको अवस्थामा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा...
२०८१ असार १४ गते शुक्रबार/आजको राशिफल

२०८१ असार १४ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ असार १४ गते शुक्रबार ई.सं.२०२४ जून २८ नेपाल सम्वत् ११४४ तछलागा सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, असार कृष्ण सप्तमी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्र नक्षत्र, सौभाग्य योग, भद्रा करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ०७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै...
विवाहको बहाना बनाउँदै मानव तस्करी गर्ने उदयपुरकी महिला पक्राउ

विवाहको बहाना बनाउँदै मानव तस्करी गर्ने उदयपुरकी महिला पक्राउ

विराटनगर । विवाहको बहानामा चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा उदयपुरकी एक महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई काठमाडौंमा पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले चिनियाँ केटासँग विवाह गरेर चीन आउन भन्दै पीडित महिलालाई सामाजिक सञ्जालमार्फत् प्रस्ताव गरेकी थिइन् । विश्वास दिलाउन आफू समेत चिनिय...
झापामा डुबेर एकजनाको मृत्यु, एक बेपत्ता

झापामा डुबेर एकजनाको मृत्यु, एक बेपत्ता

झापा । झापाका बेग्लाबेग्लै स्थानमा डुबेर एकजनाको मृत्यु भएको छ । अर्का एकजना बेपत्ता भएका छन् । शिवसताक्षी–२ का २८ वर्षीय बुधे बेस्राको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरनजिकै खेतमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । यसैगरी, गौरीगञ्ज गाउँपालिकामा खोलामा डुबेर एकजना पुरुष बेपत्ता भएका छन् । गौरीगञ्ज–१ स्थित कमल खोलाले बगाउँदा ४...
राष्ट्रिय डुंगा दौड प्रतियोगितामा सुनसरी प्रथम, ओखलढुंगा द्वितीय

राष्ट्रिय डुंगा दौड प्रतियोगितामा सुनसरी प्रथम, ओखलढुंगा द्वितीय

सुनसरी । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सम्पन्न तेस्रो राष्ट्रिय माझी डुंगा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ । प्रतियोगिताको सिंगल बिधातर्फ सुनसरीका चन्द्र माझी र जीवन माझीले ३ मिनेट ३ सेकेन्डमा डुंगालाई नदी वारपार गराई प्रथम भएका हुन् । यसैगरी, ३ मिनेट १२ सेकेन्डमा नदी वारपार गरी ओखलढुंगाका कमल माझी र कुशल माझीले द्वितीय स्थान हासिल गरेका छन् । ३ मिनेट १६ सेकेन्डमा नदी वारपार ग...
मोरङको धनपालथानमा १५ सय किलोभन्दा बढी गाँजा बरामद

मोरङको धनपालथानमा १५ सय किलोभन्दा बढी गाँजा बरामद

विराटनगर । मोरङको धनपालथानमा ठूलो परिमाणमा प्रहरीले गाँजा बरामद गरेको हो । धनपालथान गाउँपालिका–७ स्थित राजकुमार सिंहको गोठमा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा उक्त स्थानमा तलासी गर्दा गोठमा बोरामा राखिएको गाँजा भुसभित्र लुकाएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । बरामद गाँजा ४९ वटा बोरामा करिब १ हजार ५४८ किलो रहेको जनाइएको छ । गाँजा कसले त्यह...
एकै विद्यालयका १० विद्यार्थीले ल्याए एसईईमा ४ जीपीए

एकै विद्यालयका १० विद्यार्थीले ल्याए एसईईमा ४ जीपीए

पोखरा । पोखराको मासबारस्थित निजी विद्यालय मदरल्यान्ड माविबाट २०८० मा एसईई दिएका १० जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । ४ जीपीए ल्याउने विद्यार्थीमा आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्विटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समीक्षा पहारी र युनिका ढकाल छन् । आज प्रकाशित नतिजामा नेपालभरबाट १ सय ८६ जनाले ४ जीपीए ल्याएका छन् । मदरल्यान्डको यो नतिजा सम्भव...
११ महिनामा नेपाल भित्रियो २० अर्ब रूपैयाँको धान र चामल

११ महिनामा नेपाल भित्रियो २० अर्ब रूपैयाँको धान र चामल

विराटनगर । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ । कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्म ३० करोड ५३ लाख १० हजार ५२० केजी अर्थात् ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँको धान आयात गरेको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा ८ अर्ब ६९ करोड ६ लाख ८५ हजार रुपैयाँको ८ करोड २७ लाख ६९ हजार ८९ केजी चामल आयात भएको छ । यसैगरी, ८८ करोड ...
विवाह गर्छु भन्दै जबरजस्ती करणी गरी फरार संखुवासभाका युवक पक्राउ

विवाह गर्छु भन्दै जबरजस्ती करणी गरी फरार संखुवासभाका युवक पक्राउ

संखुवासभा । विवाह गर्ने प्रलोभन दिइ एक युवतीलाई जबर्जस्ती करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको मकालु गाउँपालिका–५ का ३१ वर्षीय युवक भनिने लीलाबहादुर गुरुङ पक्राउ परेका हुन् । उनलाई सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थित हंश मार्गबाट पक्राउ गरिएको हो । २०७९ चैतमा ती युवकले स्थानीय एक युवतीलाई विवाह गर्छु भन्दै प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको प्रहरीको भनाइ छ । त्यसपछि उनी ...
संखुवासभाको वानामा बन्यो प्रहरीको नयाँ भवन

संखुवासभाको वानामा बन्यो प्रहरीको नयाँ भवन

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका-७ वानामा मा इलाका प्रहरी कार्यालयको नयाँ भवन निर्माण भएको छ । सातवटा कोठासहितको नयाँ भवन बनेपछि अब सहज हुने भएको छ । नवनिर्मित भवनको आज कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले शिलालेख अनावरण गरी उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले नयाँ भवन उपलब्ध भएसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा मनोबल उच्च हुनुका साथै सुबिधासम्पन्न भव...
एसईईः कोशी प्रदेशमै उत्कृष्ट बनेको विराटनगरको एभरेष्ट स्कुलको दाबी

एसईईः कोशी प्रदेशमै उत्कृष्ट बनेको विराटनगरको एभरेष्ट स्कुलको दाबी

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले यस वर्षको एसईई नतिजाका आधारमा कोशी प्रदेशकै उत्कृष्ट विद्यालय बनेको दाबी गरेको छ । यस वर्ष एभरेष्टका २१२ जना विद्यार्थीले एसईई दिएका थिए । तीमध्ये ४ जीपीए ल्याउने तीनसहित ११२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९२ जना रहेको विद्यालयले जनाएको छ । यस्तै, बाँकी ८ जनाले २.८१ देखि ३.२ ...
ओखलढुंगामा पहिरोले पुरिएर घाइते भएका बाबुछोरीलाई काठमाडौं लगियो

ओखलढुंगामा पहिरोले पुरिएर घाइते भएका बाबुछोरीलाई काठमाडौं लगियो

ओखलढुंगा । पहिरोले घरसँगै पुरिएर घाइते भएका बाबु छोरीलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । चिशंखुगढी गाउँपालिका–५ स्थित थुम्कीका ३९ वर्षीय बाबुराम खत्री र उनकी छोरी मेनुका खत्रीलाई उपचारका लागि काठमाडौं पठाइएको । काठमाडौंको टिचिङ अस्पतालमा उनीहरको उपचार गरिने भएको छ । पहिरोले घर पुर्दा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्रीको घटनास्थलमै मृत्यु भएको थियो । बाबुछोरी गम्भीर घाइते ...
एसईई पुरक परीक्षा साउनमा, १ लाख १५ हजार परीक्षार्थीले दिन पाउने

एसईई पुरक परीक्षा साउनमा, १ लाख १५ हजार परीक्षार्थीले दिन पाउने

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा अनुत्तीर्ण हुने विद्यार्थीमध्ये १ लाख १५ हजार ८३४ जनाले पुरक परीक्षा दिन पाउने भएका छन् । पुरक परीक्षा साउन १८ र १९ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले दुई विषय अनुत्तीर्ण (नन ग्रेड) विद्यार्थीलाई पुरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का अध्यक्ष महाश्रम शर्माले एक विषयमा पुरक परीक्षा दिन पाउने विद्या...
मदिरा पिएर हल्ला गरेपछि दुबई जान लागेका राजेशपायल राईलाई जहाजबाट ओरालियो

मदिरा पिएर हल्ला गरेपछि दुबई जान लागेका राजेशपायल राईलाई जहाजबाट ओरालियो

विराटनगर । दुबई जान लागेका गायक राजेशपायल राईलाई प्रहरीले जहाजबाट ओरालेर फर्काइदिएको छ । अत्यधिक मदिरा पिएर जहाजभित्र होहल्ला गरेको विमानका कर्मचारीले सूचना दिएपछि प्रहरीले उनलाई त्रिभुवन विमानस्थलमै रोकेको हो । बोर्डिङ पास भइसकेर जहाजमा समेत पुगिसकेका उनले होहल्ला गर्न थालेपछि प्रहरीले ओरालेको थियो । फ्लाई दुबईको जहाजमार्फत् दुबई जान लागेका राई विमानस्थलमा रोकिएका विमानस्थल सुरक्षा कार्यालयक...
घरेलु रक्सीलाई ‘तीनपाने’ नाममा ब्रान्डिङ गर्न सांसदको प्रस्ताव

घरेलु रक्सीलाई ‘तीनपाने’ नाममा ब्रान्डिङ गर्न सांसदको प्रस्ताव

विराटनगर । नेपाली ‘लोकल’ रक्सीलाई ब्रान्डिङ गर्ने सरकारको योजनाको समर्थन गर्दै एकजना संघीय सांसदले त्यसको नाम तीनपाने रक्सी राख्न प्रस्ताव गरेकी छन् । नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यस्तो प्रस्ताव राखेकी हुन् । सरकारले आगामी आर्थिक बर्ष २०८१–८२ को बजेटमा लोकल रक्सीको ब्रान्डिङ गर्ने भनेको छ । यसको समर्थन गर्दै एमाले सांसद श्रेष्ठले नेपाली ब्रान्डक...
कोशी प्रदेशबाट एसईईमा ३९ हजारभन्दा बढी परीक्षार्थी अनुतीर्ण

कोशी प्रदेशबाट एसईईमा ३९ हजारभन्दा बढी परीक्षार्थी अनुतीर्ण

विराटनगर । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कोशी प्रदेशबाट ३९ हजारभन्दा बढी परीक्षार्थी अनुतीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार कोशीका विभिन्न जिल्लाका गरी ३९ हजार ८९५ जना परीक्षार्थी अनुतीर्ण भएका हुन् । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कोशी प्रदेशबाट कुल ७५ हजार ९८८ परीक्षार्थी सहभागी भएका थिए । यसैगरी, मधेस प्रदेशबाट कुल ७९ हजार ५९२ परीक...
मिस कोशीको उपाधिका लागि २६ जना भिड्दै

मिस कोशीको उपाधिका लागि २६ जना भिड्दै

विराटनगर । आठौँ संस्करणको ‘मिस कोशी–२०२४’ प्रतियोगिताको फाइनल असार अन्तिम साता हुने भएको छ । प्रतियोगिताको उपाधिका लागि फाइनलमा २६ जनाले प्रतिस्पर्धा गर्दैछन् । फाइनलमा गोर्खाकी सबिता भट्ट, मोरङ मिक्लाजुङकी रिया आचार्य, बेलबारीकी, हेखाङ चामलिङ राई, इटहरीकी एलिजा केशी, संस्कृति ओझा, स्वस्तिका राई, कल्पना सहनी, शुभलक्ष्मी राई, बबिना मगर, कटहरीकी सन्जना कुमारी राजबंशी, भोजपुरकी आलिया राई, निकिता र...
एसईईः खोटाङ, इलाम र भोजपुरका ६ परीक्षार्थीको परीक्षा रद्द

एसईईः खोटाङ, इलाम र भोजपुरका ६ परीक्षार्थीको परीक्षा रद्द

विराटनगर । यो वर्षको एईईमा कोशी प्रदेशका सहित विभिन्न १३ जिल्लाका २२० जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार इलामका २, खोटाङका ३ र भोजपुरका एकजना विद्यार्थीको परीक्षा रद्द गरिएको हो । यसैगरी, दैलेखका १, काभ्रेका २, जाजरकोटका ३, बझाङका २ र बाराका २ विद्यार्थीको परीक्षा रद्द भएको छ । रौतहटका १, महोत्तरीका ...
पर्यटन ‘हब’ बन्दै धनकुटा, पूर्वाधारमा लगानी बढाउँदै प्रदेश सरकार

पर्यटन ‘हब’ बन्दै धनकुटा, पूर्वाधारमा लगानी बढाउँदै प्रदेश सरकार

धनकुटा । पूर्वको मनोरम पर्यटकीय गन्तव्य हो– धनकुटाको भेडेटार । यहाँ दैनिक पर्यटकको आवतजावत चलिरहने भएकाले दर्जनौँ होटल व्यवसाय सञ्चालन हुँदै आएका छन् । आन्तरिक तथा बाह्य पर्यटकहरूले भेडेटार दैनिकजसो भरिभराउ हुने गर्दछ । भेडेटारमा पर्यटकलाई आकर्षित गर्न वार्षिक रूपमा खाना महोत्सवको आयोजना समेत गरिँदै आइएको छ । विशेषतः यस क्षेत्रमा भारतीय पर्यटकहरू आउने क्रम बढेको छ । साँगुरीगढी गाउँपालिका–६, स्थ...
एसईईको नतिजा सार्वजनिकः ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईको नतिजा सार्वजनिकः ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

विराटनगर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा दिएकामध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । उत्तीर्ण भएकामध्ये ४ जीपीए ल्याउनेको संख्या १८६...
पूर्वमा मनसुनजन्य घटना: २४ जनाको मृत्यु

पूर्वमा मनसुनजन्य घटना: २४ जनाको मृत्यु

विराटनगर । यस वर्षको मनसुन भित्रिएपछि सुरुआती दिनमै कोशी प्रदेश बढी प्रभावित भएको छ । पहाडी क्षेत्रमा पहिरो अनि तराईमा भलबाढीका कारण धनजनको क्षति हुने क्रम बढेको छ । कतिपय स्थानमा चट्याङका कारण पनि मानिसहरुले ज्यान गुमाएका छन् । मनसुन सुरुभएयता यससँग सम्बन्धित घटनामा परी हालसम्म कोशी प्रदेशका विभिन्न जिल्लामा गरी २४ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो र चट्याङका कारण त्यति संख्यामा मानिसको मृ...
error: Content is protected !!