संगालोखबर


विराटनगर । कोशी प्रदेश टिमलाई सोझो सेटले पराजित गर्दै बागमती प्रदेश प्रथम साहना प्रधान यू–१९ महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बागमतीले २५–१८, २५–६ र २५–९ ले पराजित गरेको हो । महिला तर्फको फाइनलमा बागमती र लुम्बिनीले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुषतर्फको सेमिफाइनल खेल आजै हुँदैछ ।

Advertisement

पहिलो खेलमा गण्डकी प्रदेश र सुदूरपश्चिम खेलिरहेका छन् भने दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!