संगालोखबर

विराटनगर । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको छ । कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्म ३० करोड ५३ लाख १० हजार ५२० केजी अर्थात् ११ अर्ब ५५ करोड २५ लाख ७९ हजार रुपैयाँको धान आयात गरेको छ ।

Advertisement

मन्त्रालयका अनुसार उक्त अवधिमा ८ अर्ब ६९ करोड ६ लाख ८५ हजार रुपैयाँको ८ करोड २७ लाख ६९ हजार ८९ केजी चामल आयात भएको छ ।

यसैगरी, ८८ करोड ६५ लाख २१ हजार रुपैयाँ बराबरको धानको बिउ आयात भएको मन्त्रालयले जनाएको छ । नेपालले ९ लाख २० हजारको कनिका पनि आयात गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!