संगालोखबर


संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका-७ वानामा मा इलाका प्रहरी कार्यालयको नयाँ भवन निर्माण भएको छ । सातवटा कोठासहितको नयाँ भवन बनेपछि अब सहज हुने भएको छ ।

नवनिर्मित भवनको आज कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले शिलालेख अनावरण गरी उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले नयाँ भवन उपलब्ध भएसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा मनोबल उच्च हुनुका साथै सुबिधासम्पन्न भवनले सहज हुने बताए ।

Advertisement

उनले उक्त इलाका कार्यालयमा कार्यरत् प्रहरी कर्मचारीहरुलाई कानूनको परिधिमा रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न समेत निर्देशन समेत दिए ।

त्यस अवसरमा भवन बनाउन जग्गा खरिद गरिदिने पाँचखपन नगरपालिका, प्रहरी चौकी वाना स्थापना हुँदा निःशुल्क जग्गा प्रदान गर्ने दिवंगग ललितबहादुर दर्जीका छोरा झलक दर्जी, तथा भवन निर्माण कम्पनी कार्की बन्धु–अमर जेभीलाई कदरपत्रले सम्मान गरिएको थियो ।

उक्त भवन नेपाल सरकारको बिनियोजित बजेट २ करोड ४३ लाख ३१ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!