संगालोखबर

बिराटनगर । मोरङ, झापा, उदयपुर र सुनसरीका छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा र प्रतिबन्धित औषधिसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिका–७ बाट ४९ बोरामा राखिएको १ हजार ५ ४८ किलो गाँजा प्रहरीले बरामद गरेको छ । त्यस क्रममा स्थानीय राजकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

यसैगरी, सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा स्थानीय २४ बर्षीय रणधीर यादव र भारत बिहार सुपौलका २९ बर्षीय सुनिलकुमार यादवलाई २१ किलो २०० ग्राम गाँजासहित पक्राउ गरिएको छ ।

यस्तै, झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले दमक–८ का २३ वर्षीय रमेश दर्जीलाई १ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । बिर्ताबजारस्थित प्रहरी चौकीको टोलीले स्थानीय २९ वर्षीयय सुवास ताजपुरिया र २१ वर्षीय अमरकुमार राजवंशीलाई ७२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–१७ का २२ वर्षीय प्रेम परियार, २२ वर्षीय सनम परियार, २४ वर्षीय अमृत लामा र धरान–४ का १८ वर्षीय अनिल राईलाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ ।

उनीहरुको साथबाट विभिन्न नामका औषधिका साथै १ लाख ९५ हजार ५०५ रुयैयाँसमेत बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उता, उदयपुरको जलजलेबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–६ बाट सिरहाको लहानका २७ वर्षीय राजकुमार यादवलाई डाइजेपाम, फेनारगन र आइपियल नामका औषधिसहित पक्राउ गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!