संगालोखबर
फाइल तस्वीर

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा अनुत्तीर्ण हुने विद्यार्थीमध्ये १ लाख १५ हजार ८३४ जनाले पुरक परीक्षा दिन पाउने भएका छन् । पुरक परीक्षा साउन १८ र १९ गते हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले दुई विषय अनुत्तीर्ण (नन ग्रेड) विद्यार्थीलाई पुरक परीक्षा दिन पाउने व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का अध्यक्ष महाश्रम शर्माले एक विषयमा पुरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या ६७ हजार ७९३ रहेको बताए । उनका अनुसार ४८ हजार ३८ जनाले दुई विषयको पुरक परीक्षा दिनेछन् ।

Advertisement

दुईभन्दा बढी विषयमा अनुत्तीर्ण हुने विद्यार्थीले भने आगामी चैतमा हुने परीक्षामा सोही विषयको मात्रै परीक्षा दिए पुग्ने जनाइएको छ । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अनुत्तीर्ण (नन ग्रेड) भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!