संगालोखबर

विराटनगर । दुबई जान लागेका गायक राजेशपायल राईलाई प्रहरीले जहाजबाट ओरालेर फर्काइदिएको छ । अत्यधिक मदिरा पिएर जहाजभित्र होहल्ला गरेको विमानका कर्मचारीले सूचना दिएपछि प्रहरीले उनलाई त्रिभुवन विमानस्थलमै रोकेको हो ।

Advertisement

बोर्डिङ पास भइसकेर जहाजमा समेत पुगिसकेका उनले होहल्ला गर्न थालेपछि प्रहरीले ओरालेको थियो । फ्लाई दुबईको जहाजमार्फत् दुबई जान लागेका राई विमानस्थलमा रोकिएका विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले बताए ।

अत्यधिक मदिरा सेवन गरेका कारण राईलाई रोकिएको हो । मदिरा पिएर नशामा रहेको भन्दै प्रहरीले सामान्य अवस्थामा आएपछि दुबई जान दिइने प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!