संगालोखबर


पोखरा । पोखराको मासबारस्थित निजी विद्यालय मदरल्यान्ड माविबाट २०८० मा एसईई दिएका १० जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । ४ जीपीए ल्याउने विद्यार्थीमा आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्विटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समीक्षा पहारी र युनिका ढकाल छन् ।

आज प्रकाशित नतिजामा नेपालभरबाट १ सय ८६ जनाले ४ जीपीए ल्याएका छन् । मदरल्यान्डको यो नतिजा सम्भवतः नेपालकै सर्वोत्कृष्ट रहेको प्राचार्य नारायण बरालले बताए ।

Advertisement

विद्यालयका अनुसार यसपालि १४६ जना विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये १२८ ले ३.६० देखि ४.०० जीपीए र १८ जनाले ३.२० देखि ३.६० जीपीएसहित उत्तीर्ण हुन सफल भएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!