संगालोखबर


विराटनगर । समान वृत्ति विकासको सुनिश्चितताको मागसहित सातायता आन्दोलित प्रदेशका लेखा कर्मचारीहरुको आन्दोलन स्थगन भएको छ । आफ्ना माग पूरा गराउन दबाबस्वरुप उनीहरुले काम छाडेर आन्दोलन गर्दै आएका थिए । सरकारले माग पूरा गर्ने आश्वासन दिएपछि आजबाट आन्दोलन स्थगन गर्दै उनीहरु काममा फर्किएका हुन् ।

लेखा समूहका कर्मचारीले उठाएका माग पूरा गर्दै जाने आश्वासन कोशी प्रदेश सरकारका तर्फबाट पाएपछि आफूहरू काममा फर्किएको प्रदेश लेखा समूहले विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

Advertisement

असार २० गतेसम्म हातमा कालो पट्टी बाँधेर काम जारी राख्ने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ । माग औपचारिक रुपमा पूरा नगरिए आन्दोलनका नयाँ कार्यक्रममार्फत् सरकारलाई दबाब दिने उनीहरुले जनाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!