संगालोखबर


झापा । २०८० को एसईईमा झापाको झापा गाउँपालिकाका दुई सामुदायिक विद्यालयको परीक्षाफल शून्य आएको छ । एउटा विद्यालयबाट एकमात्र परीक्षार्थी उत्तीर्ण भएका छन् ।

उक्त पालिकाका महेन्द्र मावि र जनकल्याण माविको नतिजा शून्य आएको हो । जनकल्याण माविबाट ४० जना र महेन्द्र माविबाट ३४ जनाले परीक्षा दिएका थिए । झापा गाउँपालिकामा सामुदायिक र संस्थागत गरी १२ विद्यालयका विद्यार्थीहरुले परीक्षा दिएका थिए । पालिकाभरबाट ५०२ जनाले परीक्षा दिएकोमा ८९ जना मात्र उत्तीर्ण भएका छन् ।

Advertisement

यसैगरी, सामुदायिक विद्यालयतर्फ डिल्लीराज माविका १२२ जनामध्ये २ जना, जनता माविका १०५ मध्ये ३, कुवाडीदेवी माविका ५६ मध्ये १ जना उत्तीर्ण भएका छन् ।

संस्थागत विद्यालयतर्फ चन्द्रज्योति माविका ३३ मध्ये ३०, जय पाथिभरा माविका ३६ मध्ये ३०, साउथ होराइजन माविका १६ मध्ये ९, गौतम बुद्ध माविका सबै ६ जना, टाइनी टट्स माविका १५ मध्ये ४, वन्डर लाइफ माविका ८ जनामा ४ र सेन्ट जेभियर्स माविका ३१ जनामध्ये १५ जना परीक्षार्थी उत्तीर्ण भएको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!