संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको कानेपोखरीमा गाडीको ठक्करले एकजना पैदलयात्रीको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका– लेटाङ मोडमा प्रदेश १–०१–००१ च ७६८६ नम्बरको बोलेरो गाडीले ठक्कर दिंदा ५२ वर्षीय एक पुरुषको गएराति मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन । ठक्करपछि गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर मंगलबारे लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा नोवेलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

गाडी चालक इलाम नगरपालिका–८ तिल्केनीका २१ वर्षीय सोनाम लुहागुनलार्य प्रहरीले पक्राउ गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!