संगालोखबर


विराटनगर ।  भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो । १० वर्षपछि भारतीय टोली टी–२० विश्वकपको फाइनलमा पुगेको हो । गुयानाको प्रोभिडेन्स स्टेडियममा इङ्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर बलिङ रोजेका थिए ।

रोहित शर्माको अर्धशतकको मद्दतमा पहिले ब्याटिङ गरेको टीम इण्डियाले इंग्ल्याण्डलाई १७२ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा इंग्लिस टोली १६.४ ओभरमा १०३ रन बनाउँदा अलआउट हुन पुग्यो ।

Advertisement

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले सात विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो । उसका ओपनर तथा कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए ।

भारतले फाइनलमा दक्षिण अफ्रिकासँग पर्सि आइतवार प्रतिस्पर्धा गर्नेछ । हिजै भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो भने सन् २००७ को पहिलो संस्करण जितेको भारत तेस्रो पटक फाइनल पुगेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!